विद्यार्थीबाट घुस लिँदालिँदै शिक्षक पक्राउ

२८ श्रावण २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
152 Shares


दाङ – घोराहीको रझेनामा रहेको श्री माध्यमिक विद्यायका शिक्षक १० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रवेश परीक्षामा उत्तिर्ण गराइदिने भन्दै विद्यार्थीबाट लिएको १० हजार रुपैयाँ घुससहित शिक्षक गणेश केसी पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले केसीलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो । केसीलाई घुस लिइसकेको अवस्थामा घोराही उपमहानगरपालिका–१५ बाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया