करेन्ट लागेर बारामा एकको मृत्यु

२८ श्रावण २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
4 Shares

प्रतिकात्मक तस्वीर

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुर बजारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। पानी तान्ने मोटर चलाएर पक्की घर सरसफाई गर्ने क्रममा मासु पसल व्यवसायी ३८ वर्षीय नुरमहम्मद देवानलाई आइतबार साँझ करेन्ट लागेको थियो ।

बकर इदका लागि सरसफाई गर्ने क्रममा करेन्ट लागेर घाइते भएका उनको उपचारका लागि वीरगन्ज लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया