अन्तत चौतर्फी दबाबपछि अमेरिकाले सन्दिपलाई दियो भीसा

२८ श्रावण २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
11 Shares

File

बुटवल – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ । सोमबार भीसा दिन अस्वीकार गरेको अमेरिकी दूतावासले चौतर्फी दबाब पछि मंगलबार नै भीसा दिएको हो । आउँदै गरेको सीपीएल क्रिकेट २०१९ मा भाग लिन अमेरिका जान लागेका सन्दीपलाई सोमबार अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको थियो । आफूलाई अमेरिकाले भीसा दिन अस्वीकार गरेको भनेर उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिएका थिए । त्यो ट्वीट पछि अमेरिका बिरुद्ध नै अनेकानेक धारणाहरु बाहिर आएको र चौतर्फी आलोचना भएपछि अमेरिकाले मंगलबार उनलाई भीसा दिएको हो ।

उनले सन् २०१६ देखि विभिन्न मुलुकमा विभिन्न प्रतियोगिताको लागि गइरहेको अवस्थामा सीपीएल खेल्न अमेरिका जाने अनुरोध अस्वीकृत भएकोमा आश्चर्य व्यक्त गरेका छन् । तर, मंगलबार नै उनले आफूलाई फेरि दूताबासले भीजा दिएको बताएका छन् । उनले गरेको ट्वीटमा प्रधानमन्त्री,परराष्ट्रमन्त्री, अमेरिकी दूतावासलगायत सम्बन्धित सबै पक्षलाई मेन्सन गरेर ध्यानाकर्षण पनि गराएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • नेपाल जमिनमा गिद्धे नजर लगाउने भारतलाई यस्तो ठूलो झड्का
  • भारतबाट नेपाल ल्याइँदै गरेका १२ भैंसी र ५ पाडा प्रहरी…
  • शून्य दरबन्दीमा १२ विद्यालय
  • कालापानी र लिपुलेक पक्षमा झापामा विप्लव निकट अखिल क्रान्तिकारीले गर्यो…
  • युनिमीको नेपाल च्याप्टर अध्यक्षमा धिताल र महासचिवमा भण्डारी निर्वाचित
  • यातायात मन्त्रीलाई हटाउन प्रधानमन्त्रीसंग सांसद डिलाको आग्रह
  • गुल्मीमा आमाछोरीको हत्या गरी फालेको आरोपमा २ जना पक्राउ
  • महानगरको स्मार्ट पार्किङ र विज्ञापन बोर्डमा अख्तियारको छानबिन
  • चीनले पनि अतिक्रमण गरेको भूमी फिर्ता माग्दै काठमाडौमा प्रदर्शन
  • कर फिर्तासम्बन्धी कागजपत्र बुझाउन माग गरिएको फैसला उल्टाउन ट्रम्पको माग