माछाको जालले दुई जनाको ज्यान गयो

२८ श्रावण २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
3 Shares

प्रतिकात्मक तस्वीर

श्रीकृष्ण सिग्देल स्याङ्जा स्याङ्जाको ज्याग्दीखोलामा माछालाई थापेको जालमा बेरिएर २ जनाको ज्यान गएको छ । चापाकोट नगरपालिका वडा नम्वर ५ स्थित ज्याग्दीखोलामा माछा मार्ने क्रममा स्थानीय ५५ वर्षीय बीरबहादुर थापा र ४५ वर्षीय निरबहादुर आलेको ज्यान गएको हो । बिरबहादुरले फालेको जालमा आफै अड्किएर खोलामा डुबे पछि बचाउन जाने क्रममा नीर बहादुर पनि सोही जालमा बेरिन पुगेको प्रहरीले जनाएको छ ।

दुबै जना जालमा बेरिएकाले मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरुको शवलाई पोष्टमार्टमका लागि वालिङ ल्याईएको प्रहरीले जनाएको छ । स्थानीय राममन्दिर माविमा कार्यरत निरबहादुर राना शिक्षक समेत हुन् । विद्यालयमा पढाएर साथीहरु सगै माछा मार्न गएका थिए । रातको समय भएका कारण पनि दुवै जनाको ज्यान बचाउन नसकिएको चापाकोट नगरपालिकाका सल्लाहकार विश्वास पुरीले जानकारी दिए । उनीहरुको शरिरबाट जाल हटाएर बाहिर निकाल्दा नै दुवै जनाकोे ज्यान गुमाईसकेको स्थानीयले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया