जेसीजले भ्रष्टचार, अनियमितता विरुद्ध व्यङगात्मक शैलीमा गाईजात्रा गर्ने

प्रकाशित मिति:

बुटवल। प्रदेश नं५ को अस्थायी राजधानी बुटवलमा बुटवल जेसीजले पहिलो पटक गाईजात्रा गर्ने भएको छ । बुटवल जेसीजले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी भदौ ४ गते भ्रष्टचार, अनियमितता विरुद्ध व्यङगात्मक शैलीमा गाईजात्रा गर्न लागेको जानकारी दिएको हो । बुटवल जेसीजका अध्यक्ष नरदेव न्यौपानले नेताहरुलाई जफादेहि बनाउन लागि गाईजात्राको आयोजना गर्न लागिएको जानाकारी दिनुभयो ।

गाईजात्राको अवसरमा ब्रान्र्ड अर्थ काठमाडौंले पहिलो पटक आयोजना गरेको प्रदेश प्रदेशमा गाईजात्रा अन्तर्गत बुटवल जेसीजले गाईजात्रा गर्न लागिएको उहाको भनाई छ । गाईजात्रा कार्यक्रममा हास्य कलाकारहरु मनोज गजुरेल, शैलेन्द्र सिंखडा, सुरेन्द्र क।सी मुलाको साग रवि डंगोल, शिवशंकर रिजाल, जोगिन्दर०, यमन श्रेष्ठ, पुर्ण थापा, सुवोध गौतम, सन्ध्या बुढा, खुमन कार्की, रुविना अधिकारी लगाएतको प्रस्तुती हुनेछ । कार्यक्रममा पुर्व अध्यक्ष अनुपमान सैजु, गोपाल अधिकारी, अर्जुन ज्ञवाली लगाएले शुभकामना मन्तव्य दिएका थिए । गाईजात्रा कार्यक्रममा प्रदेश नं। ५ का मुख्यमन्त्री शंकर पोखरेल, मन्त्री तथा उच्च ओहोदाका व्यक्तिहरुको उपस्थिती हुने आयोजकको भनाई छ । भदौ ४ गते साँझ ५ बजे देखि हुने कार्यक्रम तिलोत्तमा योगिकुटीमा रहेको होटल पौवामा हुनेछ । कार्यक्रममा ३ लाख खर्च अनुमान गरिएको छ ।