सोलिडारिटी द्ववारा प्रदेश एक अन्तर्गत इलाम र ताप्लेजुङमा झोला बितरण

प्रकाशित मिति:

अन्तराष्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेशनलले इलामको केवाबुङ धुसेनीमा अवस्थित श्री भगवती माध्यमिक बिधालय, आङदाङको जनकल्यण आधारभुत बिधालय र ताप्लेजुङको फुङ्लिङमा अवस्थित श्री भानु जन माध्यमिक बिधालयमा अध्ययनरत बालबालिकालाई झोला वितरण गरेको छ ।विद्यालयमा आर्थिकस्तर न्यून भएका एक सय बालबालिकालाई सोलिडारिटी इन्टरनेशनलले प्रोजेक्ट झोला अन्तर्गत झोला बितरण गरेको हो ।

नेपालका बिकट गाउँका अती बिपन्न बालबालिकाहरु विद्यालयमा नियमित नभएपछि बिभिन्न ब्यक्तिगत दाताको सहयोगमा प्रोजेक्ट झोला अभियान सुरु गरिएको सोलिडारिटी इन्टरनेशनलका प्रबक्ता अजनिस घिमिरेले जानकारी दिए ।कार्यक्रममा स्थानिय तहको तर्फबाट वडा अध्यक्ष तथा सदश्यहरुको उपस्थिती रहेको थियो ।

२०१९ मा नेपालका ७ वटै प्रदेशका बिभिन्न बिकट जिल्लाहरुमा अध्ययनरत कम्तीमा एक हजार बालबालिकालाई झोला बितरण गरी बालबालिकालाई नियमित बिधालय जान वकालत गर्नेमा जोड दिने प्रोजेक्ट झोलाका अभियानकर्ता तथा सोलिडारिटी इन्टरनेशनलका अध्यक्ष एवम प्रमुख कार्यकारी अधिकृत राजेन्द्र गौतमले जानकारी दिए ।प्रोजेक्ट झोला अन्तर्गत सोलिडारिटीले २०३० सम्ममा एक लाख गरीब बालबालिको हातमा झोला पुर्याउने निर्णय गरेको छ ।अभियानलाई निरन्तर्ता दिदै सोलिडारिटी इन्टरनेशनलले केही समय अगाडि मात्रै नवलपरासीको एक बिधालयमा पनि झोला बितरण गरेको थियो ।