अन्तत : ओली, प्रचण्ड र नेपालबीच ‘कुरा नमिल्दा’ नेकपा सचिवालय वैठकनै स्थगित

प्रकाशित मिति:

काठमाडौं – अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) तथा वरिष्ठ नेता माधव नेपालबीच सहमति जुट्न नसक्दा बुधबार बस्ने भनिएको नेकपा सचिवालय वैठक बिहीबारसम्मका लागि स्थगित भएको छ । विभिन्न विभागका विषयमा अध्यक्ष ओली तथा प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालबीच सहमति जुट्न नसक्दा बुधबारको सचिवालय बैठक स्थगित भएको हो ।

खासगरी स्कूल विभागका विषयमा विवाद रहेको नेकपा निकट स्रोतले जनाएको छ । स्रोतका अनुसार स्कूल विभागका विषयमा पूर्व माओवादी पक्षधर लचिलो भएपनि पूर्व एमाले पक्षका नेताहरुबीच मै विवाद देखिएको छ । नेकपा अध्यक्ष प्रचण्डले पूर्वप्रधानमन्त्री समेत रहेका सचिवालय सदस्य झलनाथ खनाललाई स्कूल विभाग प्रमुखमा सिफारिस गरेका थिए । तर, पूर्व एमाले पक्षधरहरु भने नेता खनाललाई स्कूल विभाग दिने विषयमै विवादित छन् ।