जनैपूर्णिमामा यसरी बनाउनुस् स्वादिष्ट क्वाँटी

प्रकाशित मिति:

क्वाँटी चर्चित परिकार हो । रक्षाबन्धन अर्थात् जनैपूर्णिमाका दिन हिन्दु धर्मावलम्बीमा क्वाँटी खाने प्रचलन छ । यद्यपि, स्वास्थ्यका दृष्टिकोणले क्वाँटी निकै राम्रो मानिन्छ । होटलमा समेत क्वाँटी बनाएर बेच्ने गरेको पाइन्छ । तर, घरमै स्वादिष्ट क्वाँटी बनाएर खान सकिन्छ ।

क्वाँटी बनाउन आवश्यक आवश्यक सामग्री

१.गेडागुड़ी
२.नुन
३.तेल
४. गरम मसला
५.जिरा र धनियाँको धुलो
६.बेसार
७.पिसेको अदुवा र लसुन
८.पिसेको रातो खुर्सानी
९. ज्वानु

बनाउने तरिका

– गेडागुडीलाई एकदेखि २ दिनसम्म भिजाउने,
– भिजाएको गेडागुडीलाई कुकरमा पाक्ने गरी बेसार हालेर उसिन्ने,
– डेक्चीमा आवश्यकताअनुसार पानी उमाल्ने,
– पानी उम्लिएपछि उसिनेको गेडागुडी राख्ने अनि नुन, जिराको धुलो, खुर्सानीको धुलो, अदुवा र लसुन राख्ने,
– क्वाँटीलाई सानो आगोमा १०–१५ मिनेट उमाल्ने,
– त्यसपछि तेल र घिउ ज्वानो राखेर झान्ने र धनियाँ राख्ने,
– यसरी पकाएको क्वाँटीलाई मासु वा सानो रोटी राखेर पनि खान सकिन्छ ।