मेस्सीसँगको तुलनाबारे रोनाल्डोको जवाफ – ‘मेस्सी एक उत्कृष्ट खेलाडी हुन्’

२९ श्रावण २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
3 Shares


२१ औं शताब्दीको विश्व फुटबल दुई स्टार खेलाडीको वरिपरि घुमिरहेको छ । यी दुई खेलाडीभन्दा बाहिर गए नयाँ पुस्ताले स्थान पाउनेछ । ती हुन्, अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सी र पोर्चुगलका कप्तान तथा युभेन्ट्सका स्टार खेलाडी क्रिष्टीयानो रोनाल्डो ।पछिल्लो १५ बर्ष यी दुई खेलाडीबीच को उत्कृष्ट भन्ने चर्चा सधैं चलिरह्यो । दुवै स्टार खेलाडीले सायद सँगै बसेर कहिल्यै आफ्नो तुलाना गरेनन् । तर, यीनका प्रशंसकले सधैं एकलाई राम्रो, अर्कोलाई नराम्रो भन्नमै समय खर्च गरिरहे ।

कहिले काहिँ सञ्चारकर्मीले मेस्सी र रोनाल्डोलाई २ जनामध्ये को उत्कृष्ट भनेर प्रश्न गरेभने दुवै जना आफूहरुको योगदानमा क्लबले पाएको सफलता र व्यक्तिगत सफलतालाई देखाउने गर्छन् । यदि सञ्चारकर्मीले मेस्सी र रोनाल्डोलाई एकै खाले प्रश्न साेधे भने रोनाल्डोकाे जवाफ सिधा हुन्छ भने मेस्सीले ‘डिप्लोम्याटिक’ जवाफ दिन्छन् । हालै एउटा अन्तर्वार्तामा रोनाल्डोले दिएको जवाफ अहिले चर्चामा छ । अन्तर्वार्तामा रोनाल्डोलाई मेस्सीसँग तुलना गरेर प्रश्न सोधिएको थियो । जसको जवाफमा आफू मेस्सीभन्दा कसरी फरक छु भनेर स्पष्ट पार्न खोजेका छन् ।

‘म र मेस्सीबीचको फरक त्यही हो, मैले विभिन्न क्लबबाट च्याम्पियन्स लिग जितेको छु । म च्याम्पियन्स लिगमा लगातार ६ सिजनसम्म उच्च गोलकर्ता पनि हुँ । त्यहाँ धेरै खेलाडी छन्, जसले ५ पटक च्याम्पियन्स लिग जीतेका छन् । त्यसैले यो च्याम्पियन्स लिगमा आफ्नो पहिचान बनाउन सफल भएको छु,’ रोनाल्डोले मेस्सीसँग तुलना गरिएको सवालका जवाफमा भने ‘मेस्सी एक उत्कृष्ट खेलाडी हुन् । उनले बालन डि ओर जीतेका कारणमात्रै सम्झिनु पर्ने होइन उनको खेलमाथिको सुधारलाई लिएर पनि हो । मेरो जस्तै, वर्षैपिच्छे ।’ ३४ वर्षीय रोनाल्डोले इंग्लिस प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेड, ला लिगको रियल मड्रिडबाट च्याम्पियन्स लिग जितेका छन् भने गएको वर्ष रोनाल्डो इटालीयन क्लब युभेन्ट्स पुगेका छन् । रोनाल्डोले युभेन्ट्सबाट पनि च्याम्पियन्स लिग जीत्ने लक्ष्य रहेको बताउँदै आएका छन् । रोनाल्डोले आफू फरक रहेको बताउँदा मेस्सीको प्रतित्रिक्रया भने आइसकेको छैन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया