‘भ्रष्टाचार बिरुद्ध निर्णायक संघर्ष हुन्छ’ :केशव सुर्यवंशी

२९ श्रावण २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
9 Shares


बुटवल –राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव केशव सुर्यवंशीले भ्रष्टाचार बिरुद्ध अब निर्णायक संघर्ष गर्ने समय आएको बताएका छन् ।
पार्टीले देश व्यापी रुपमा सञ्चालन गर्दै आएको भ्रष्टाचार बिरुद्धको अभियानप्रति जनताको सहभागिता दिन प्रति दिन बढ्दै गएको भन्दै उनले आगामि फागुन÷चैत्र सम्ममा अभियानले निर्णायक मोड लिने दाबी समेत गरे ।

राष्ट्रिय जनमुक्ति पार्टी पाल्पा–तराई सम्पर्क मञ्च(करुन) द्धारा बुधबार बुटवलमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै महासचिव सुर्यवंशीले भ्रष्टाचारीहरुको सम्पत्ति राष्ट्रियकरण गर्ने हो भने पाँच बर्ष सम्म नेपाली जनताले कुनै किसिमको कर तिर्नु नपर्ने बिचार व्यक्त गरे ।भ्रष्टाचार बिरुद्ध राज्य कठोर हुनुपर्नेमा बर्तमान सरकार भ्रष्टाचारीहरुलाई संरक्षण दिएको उनको आरोप थियो । राष्ट्रिय जनमुक्ति पार्टीले २८ बर्ष अगाडि संघीयता र पहिचानलाई आफ्नो एजेण्डाको रुपमा अगाडि सारेकै कारण आज मुलुक संघीयतामा जानुका साथै पहिचानको मुद्धा पनि केहि हद सम्म सम्बोधन भएको स्मरण गराउदै उनले बताए ।

राष्ट्रिय जनमुक्ति पार्टी पाल्पा–तराई सम्पर्क मञ्च(करुन)का अध्यक्ष धनिसरा दर्लामीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष तथा प्रवास बिभाग प्रमुख कमला थापा,पार्टीका केन्द्रीय सचिव पदम जगेबु,प्रदेश अध्यक्ष झमबहादुर गुरुङ्ग,पाल्पा जिल्ला अध्यक्ष नारायण बहादुर कँवर,गुल्मी तराई सम्पर्क मञ्चका अध्यक्ष लुमबहादुर थापा,बुटवल उपमहानगर अध्यक्ष थर्क बारघरे,मञ्चका सचिव नलबहादुर राना,सदस्य माया सारु लगायतले मन्तव्य व्यक्त गरेका थिए ।सो अवसरमा नेकपा (नेकपा) पार्टी परित्याग गरी एकदर्जन बढी जनमुक्ति पार्टीमा प्रवेश गरेकाहरुलाई पार्टी महासचिव सुर्यवंशीले सदस्यता बितरण गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मर्चवारीमा समाजवादीको गाउंपालिका समिति गठन
  • पश्चिम सरावल १ मा दोस्रो वडाध्यक्ष कप पुरुष फुटबल प्रतियोगिता…
  • श्रीमद् भागवत पितृमोक्ष धनधन्याञ्चल सप्ताह ज्ञान महायज्ञ तेस्रो दिन पनि…
  • साना किसान कृषि सहकारी सस्थां लिमिटेडको १७औ साधारण सभा सम्पन्न
  • बर्दघाटमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • आदिकवि भानुभक्त आचार्यको स्मृतिमा बन्यो – ‘रामायण भवन’
  • धनुषा बम विस्फोटमा परी मृत्यु भएका इन्स्पेक्टर दाहालको आर्यघाटमा अन्त्येष्टि
  • सहकारीको ३० प्रतिशत लगानी कृषिमा अनिवार्य गरिंदै
  • विवाह भोजको खर्च धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गर्ने नव दम्पती
  • चक्कु प्रहार गरी तिलोत्तमा निवासी परीयारको हत्या