अमेरिकाको फिलाडेल्फियामा सुरक्षाकर्मीमाथि गोली प्रहार, ६ जना घाइते

प्रकाशित मिति:

एजेन्सी –अमेरिकाको फिलाडेल्फियामा सुरक्षाकर्मीलाई लक्षित गरी भएको आक्रमणमा ६ जना घाइते भएका छन् ।आक्रमणकारीले चलाएको गोली लागेर घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

फिलाडेल्फियाको डाउनटाउननजिकै टोगा नाइसटाउनमा आक्रमणकारीले सुरक्षाकर्मीलाई लक्षित गरी गोली चलाएका थिए । घटना बारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।आक्रमण के कारणले भएको हो रु र आक्रमणकारी को थिए यस विषय खुल्न सकेको छैन ।