तीज कार्यक्रम जापानमा हुने संकलित रकम सामाजिक कार्यमा

३० श्रावण २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
5 Shares


कौरव खत्री- बागलुङ/ पछिल्लो समय जापानमा धेरै गलकोटेहरु वैदेशिक रोजगारीको रुपमा कार्यरत छन ।त्यहा रहेका गलकोटबासीको हक, हित अधिकार सककगै समृद्व गलकोट निर्माणमा संस्थागत रुपमा उनीहरु सकृय रहककदै आएका छन ।यसै सिलसिलामा गलकोट समाज जापानले नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर तीज विशेष सांगितिक कार्यक्रम आयोजना गरेको छ ।

यस संस्था जापानमा रहेका विभिन्न सामाजिक संघ संस्थाहरु मध्यकै अग्रणी संस्थाको रुपमा सन २००६ देखि जापानमा कृयाशिल रहककदै आएको छ ।संस्थाले स्थापनाकाल देखि नै गलकोटमा हुने मेला महोत्सव देखि आपत विपत अनि सामाजिक क्षेत्रमा आर्थिक नैतिक भौतिक सहयोग गर्दै आईरहेको छ ।यस वर्ष हरितालिका तीजको अवसरमा आयोजित तीज कार्यक्रममा नेपालबाट चर्चित कलाकारहरु खुमन अधिकारी, कला लम्साल, देव साहनी र कुसुम बुढाथोकी जापानमा पुगी आफनो सांगितिक प्रस्तुति मार्फत दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नेछन ।सो अवसरमा जापानमा रहेर सांगितिक क्षेत्रमा निरन्तर लागिरहेका कलाकारहरुको समेत सांगितिक प्रस्तुति रहने आयोजकले जनाएको छ । संस्थाले प्रत्येक वर्ष तीज पर्वमा कार्यक्रम गर्दै आईरहेको छ ।

यस वर्ष तीज कार्यक्रम जापानको राजधानी शहर टोकियो नाकानो स्थित जेरो हलमा सेप्टेम्बर २ तारिक दिउककसो ४ बजे बाट प्रारम्भ हुने कार्यक्रम संयोजक महेन्द्र साहनीले जानकारी दिए । जापानमा हिजो आज दर्जनौं संघ संस्थाले तीज कार्यक्रम गर्दै आईरहेका छन ।गल्कोट समाज जापानले विगत २००६ देखि नै विभिन्न खाले तीज कार्यक्रम गर्दै आईरहेको संयोजक साहानीले बताए । सात समुन्द्र पारी विदेशमा रहेका दिदीबहिनी तथा दाजुभाईलाई विभिन्न चाड पर्वहरुमा प्रदेशमा रहेको महशुस् नगराई एक अर्कामा भेटघाट तथा दुखसुख साट्ने अवसर मिल्नुका साथै कार्यक्रमबाट दर्शकले मनोरञ्जन लिनेछन । कार्यक्रमबाट संकलित रकम सामाजिक कार्यमा खर्च गरिने समाजले जनाएको छ ।कार्यक्रममा सह–आयोजकको रुपमा गल्कोट स्पोर्ट्स क्लव टोकियो रहेको छ । मेला अवधिभर जापानमा रहेका सम्पुर्ण दिदिबहिनी तथा दाजु भाईलाई कार्यक्रममा सहभागी भई मेला सफल पार्न अपिल गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया