उद्योग बाणिज्य संघ र होटल तथा रेस्टुरेन्ट ब्यवसायी संघ को आयोजनमा तिज बिशेष कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

इमरान खान-कपिलवस्तु/कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा उद्योग बाणिज्य संघ र होटल तथा रेस्टुरेन्ट ब्यवसायी संघको आयोजनमा तिज बिशेष कार्यक्रम सम्पन्न भएको छ । महिलाहरुको आउन लागेको महान चाड पर्ब हरितालिका तिजको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरी सो कार्यक्रम सम्पन्न भएको छ ।

शिव प्रसाद घिमिरेको अध्यक्षतामा कार्यक्रमको प्रमुख अतिथि मानिनीय सांसद अभिषेक प्रताप शाह, बिशिष्ट अतिथि ईन्डो नेपाल सामाजिक मंच एवम समाजवादी पार्टिका प्रदेश सदस्य समाजसेवी अकरम पठान, उद्योग वाणिज्य संघ कृष्णनगरका राम कुमार कौलापुरी सशस्त्र प्रहारीका डि।एस।पि। सुशील कुमार शाही लगायातका महानुभावहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको शुभारंभ नेपाली राष्ट्रिय गानबाट अतिथिहरुलाई सम्मान गरेका थिए ।

सम्पुर्ण अतिथिहरुले महिलाहरुको आउन लागेको महान चाड पर्ब हरितालिका तिजको शुभकामना ब्यक्त गरेका थिए । सो कार्यक्रममा आउन लागेको तीज गीतमा उपस्थित महिलाहरुले नृत्य प्रस्तुत गरेका थिए । नेपाल भरी हारितालका तिज धुमधामका साथ मनाउने गर्दछन । विवाहित महिलाहरुले सुखी दाम्मत्य र आफनो श्रमिानको दिर्घायुका लागी ब्रत बसी बिधि अनुसार पुजा आर्चना गर्ने गर्दछन । सो कार्यक्रममा महिलाहरुको अधिकाशं उपस्थिति रहयो भने समाजसेवी, पत्रकार, स्थानीयबासीहरु, सुरक्षाकर्मीहरु को उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन लालमणि भुसाल ले गरेका थिए ।