टिभिबाटै पक्राउ परेका रवीलाई चितवन लगिदै

प्रकाशित मिति:

काठमाडौँ -पानिपोखरी स्थित न्युज २४ टेलिभिजनको कार्यालयबाटै पक्राउ परेका टेलिभिजनकर्मी रवी लामिछानेलाई चितवन लगिने भएको छ ।रवी सहित युवराज कँडेललाई चितवनबाट खटिएको प्रहरी टोलीले काठमाडौं प्रहरीको समन्वयमा पक्राउ गरेको हो ।प्रहरीले प्रकाउ गर्दा पत्रकार लामिछानेले घटनाको विषयमा छानविन गर्दा प्रहरीलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । आजै प्रसारण हुने कार्यक्रम सीधाकुरा जनतासँग प्रसारण हुनु एक घण्टा २५ मिनेट अघि प्रस्तोता लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको न्युज २४ ले जनाएको छ । पक्राउपछि पौने नौ बजेको उक्त कार्यक्रम अवरुद्ध भएको छ ।

यसअघि आजै दिउसो कलंकीबाट नर्स अस्मिता कार्कीलाई नियन्त्रणमा लिएको थियो । रवी सहित ३ जनालाई नियन्त्रणमा लिएर चितवन तर्फ प्रहरीले लगिदै गरेको प्रहरीले जनँएको छ उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।पत्रकार शालिकराम पुडासैनीले मर्नुअघि रेकर्ड गरेको भिडियोमा तीन वटै जनाको नाम लिएका थिए ।पक्राउ परेका रवी, युवराज र अस्मितामाथि अब प्रहरीले अनुसन्धान अघि बढाउने छ । पक्राउ परेका रवी माथिको अभियोग पुष्टी भए यस्तो सजाय हुने छ ।