प्रदेश सभा ५ का नेकपाका प्रमुख सचेतक ढकालको घरमा पेट्रोल बम प्रहार

प्रकाशित मिति:

रुपन्देही –प्रदेश सभा ५ का नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा विहीबार राति आक्रमण भएको छ । ढकालको घरमा पेट्रोल बम प्रहार भएको र त्यसले गाडीमा क्षति पुगेको बताइएको छ ।

ढकाल गम्भीर बिरामी परेर काठमाडौंमा उपचारका लागि भर्ना भएका बेला घरमा आक्रमण भएको हो ।सैनामैना ७ मा रहेको उहाँको घरमा पत्नी, बाबाआमा लगायत हुनुहुन्छ । पेट्रोल बम कस्ले हान्यो अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।