एसइई पुनर्योगको नतिजा सार्वजनिक, ८६३ जनाको नतिजा सच्चियो

प्रकाशित मिति:

भक्तपुर – परीक्षा नियन्त्रण कार्यालयले एसइई परीक्षाको पुनर्योगको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको पनिकाले दुई चरणमा पुनर्योगको नतिजा सार्वजनिक गरेको हो ।

पनिकाले यसअघि एसइई परीक्षाको सार्वजनिक गरेको नतिजामा चित्त नबुझेका विद्यार्थीले नतिजा पुनः जोडनका लागि निवेदन दिएका थिए । पनिकाले निवेदन दिएका मध्ये ८६३ जना विद्यार्थीको ग्रेड सच्याएको छ । नतिजा पुनर्याेगका लागि ७८५० जनाले निवेदन दिएका थिए । त्यसमा सबैभन्दा यसपटक गणित विषयमा निवेदन परेकाे थियाे । निवेदन दिएका मध्ये करिव १० प्रतिशतकाे नतिजा सच्याइएकाे हाे । परीक्षा नियन्त्रक रामराज खकुरेलले केही प्राविधिक त्रुटीका कारण यस्तो हुन गएको जानकारी दिए । पनिकाले पहिलो चरणमा १०७ जना र दोस्रो चरणमा ५७७ जनाको ग्रेड बृद्धि गरेको सूचना जारी गरेको छ । -एडुकेसनपाटी 

ग्रेड वृद्धि भएका सिम्वोल नम्बरहरु हेर्नुहोस्

SEE RETOTAL 1ST LOT RESULT

ग्रेड वृद्धि भएका दोस्रो चरणको सिम्वोल नम्बरहरु हेर्नुहोस्

SEE 2075 SECOND LOT RETOTALING RESULT