नेकपाको सचिवालय बैठक शुरु

प्रकाशित मिति:

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेबाटै बैठक शुरु भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बिग्रीएपछि बिहीवार ३ बजे बोलाइएको बैठक स्थगित गरिएको थियो।

नेकपाले पार्टी विभागको नेतृत्व, जनवर्गीय संगठनका इन्चार्ज तथा सहइन्चार्ज, विभिन्न आयोगहरु, परिषद् र जेष्ठ नागरिक मञ्चको नेतृत्वको टुंगो लगाउन बाँकी छ। स्कुल विभाग प्रमुखको जिम्मेवारीमा विवाद बढ्दै गइरेहको छ।

नीति तथा प्रतिष्ठानसहित ३३ विभागमध्ये १८ पूर्वएमाले र १४ पूर्वमाओवादीको भागमा परेको छ। दुवै पक्षको दाबीका कारण विवादमा रहेको स्कुल विभागको नेतृत्वबारे नेकपाको नेतृत्वले अहिलेसम्म ठोस निर्णय लिन सकेको छैन ।