किशोरीलाई ललाइफकाइ एक वर्षदेखि करणी गर्दै आएका पतिमान पक्राउ

प्रकाशित मिति:

बागलुङ – बागलुङ नगरपालिका–७ की एक १५ वर्षीया किशोरीलाई लामो समयदेखि प्रलोभनमा पारी बलात्कारको आरोपमा ५४ वर्षीय पतिमान सार्कीलाई पक्राउ गरि सार्वजनीक गरेको छ । बागलुङ जिल्ला प्रहरी कार्यालयले पतिमान सार्कीलाई गत २९ गते राति पक्राउ गरी शुक्रबार सार्वजनिक गरिएको हो ।

निज सार्कीले किशोरीलाई ललाइफकाइ एक वर्षदेखि यौन शोषण गर्दै आएको स्वीकार गरेको प्रहरीले जनाएको छ । यस्तै लागुऔषध प्रयोग तथा कारोवारमा संलग्न रहेको आरोपमा बागलुङ बजारबाट पक्राउ गरिएका ताराखोला गाउँपालिका–१ घर भई बागलुङ नगरपालिका–२ श्रीनगरटोलमा डेरा गरी बस्ने १८ वर्षीय सुुदिन छन्ताललार्ई समेत आज सार्वजनिक गरिएको छ । छन्त्यालको साथबाट डाइजोपाम दुई एम्पुल, फेनरागन दुई एम्पुल र नुर्फिन दुई एम्पुल गरी छ थान लागुऔषधसहित २७ गते सोमबार प्रहरीले पक्राउ गरेको थियो ।

थप समाचार