नेकपाको संगठन बिभाग प्रमुखमा वामदेव

प्रकाशित मिति:

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विभागहरुको कार्यविभाजन टुंग्याएको छ । शुक्रवार बालुवाटारमा बसेको सचिवालय बैठकले ३३ वटा विभागको टुंगो लगाएको हो । बैठकले संगठन विभागमा वामदेव गौतम, विदेश विभागमा माधव नेपाल, नीति तथा अध्ययन प्रतिष्ठन विभागमा झलनाथ खनाल चयन भएका छन् ।

स्कुल विभागमा ईश्वर पोखरले ,  प्रचार प्रचार विभागमा झलनाथ खनाल, प्रचार विभागमा नारायकाजी श्रेष्ठ चयन भएका छन् । त्यस्तै सातै प्रदेशमा दुई दुई जना सहइन्चार्ज थप्ने बैठकले निर्णय गरेका छ ।