​रविसहित तीनै जनालाई पाँच दिनको म्याद थप

३१ श्रावण २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया

File

काठमाडौं – पत्रकार सालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका ‘सीधा कुरा जनतासँग’ कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीनैजनालाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत चितवनले म्याद थप गरेको छ । बिहीबार काठमाडौंबाट पक्राउ परेका रवि, उनका सहकर्मी युवराज कँडेल र अर्की युवती अस्मिता कार्कीलाई चितवन लगिएको थियो ।

पत्रकार पुडासैनीको मृत्यु चितवनकै एक होटलमा झुण्डिएको अवस्थामा भएको र आफ्नो आत्महत्यामा रविसहित तीनजना मुख्य जिम्मेवार रहेको मृत्युअघि रेकर्ड गरेको भिडियोमा सार्वजनिक गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया