बौद्ध मन्दिरमा पूजारी बन्यो रोबट

प्रकाशित मिति:

मन्दिरमा पूजारी वा भिक्षु बस्ने गरेको त तपाईले देख्नुभएकै होला । तर, मन्दिरमा आजकल पूजारीको सट्टा रोबोट बस्ने गरेका छन् ।जापानको एक ४०० वर्ष पुरानो बौद्ध मन्दिरमा मूल पुजारीको रुपमा रोबटलाई नियुक्त गरिएको छ । बौद्ध मन्दिरमा रोबटको नियुक्तिको विषयमा केही विवाद पनि चलिरहेको छ ।

तर, त्यसका बाबजुद पनि एन्ड्रोइड क्याननको क्योटोको कोदाइजी मन्दिरमा रोबटलाई पुजारी राखिएको हो । रोबटले मन्दिरमा आउनेवाला श्रद्धालुहरुलाई दया र करुणाको सन्देश दिने गर्दछ । मन्दिरमा रहेका अन्य मानव पुजारीहरु रोबटको सहायता गर्दछन् ।उनीहरुले आर्ट्फििसियल इन्टिलिजेन्सको रुपमा आउने दिनमा रोबट अझै अधिक बुद्धिमान हुने विश्वास पनि गरेका छन् । ओसाका यूनिवर्सिटीको मशहूर रोबटिक्स प्रोफेसर तथा जेन टेम्पलका सहयोगबाट रोबटको निर्माण निर्माण करिब १० लाखमा गरिएको थियो ।रोबटको मूल विशेषता भनेको नै यो श्रद्धालुहरुको समवेदना र करुणाको बारेमा शिक्षा दिने गर्दछ ।