समाज सेवा अभियान रुपन्देही कतारका अध्यक्ष डिल्ली राम भट्टराइको एनआर एनए कतारको सचिब पदमा उम्मेदवारी

प्रकाशित मिति:

कतार –बराचौर वाड नम्बर ६ हाल बिहादि गाउँपालिका २ पर्वतमा जन्मिएर रुपन्देही जिल्ला देबदह नगर पालिका ७ शितलनगर मा स्थायी बसोबास गर्दै आइ रहेका डिल्ली राम भट्टराईले गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् कतारको २०१९(२१ कार्यकालको लागि सचिव पदमा उम्मेदवारी दर्ता गरेका छन् । १२ वर्ष देखि कतारलाई कर्मथलो बनाएका भट्टराई एनआरएनए बिसुद्द सामाजिक संस्था र नेतृत्व हुनु पर्छ भन्ने मान्यता राख्दछन् |

कतार प्रवेश गरेको एक सालमै सामाजिक कार्य मा निरन्तर लागिरहेका भट्टराई सन् २००८ देखि पैयुँ पर्वत सेवा समाज को सचिव , २०१० मा समाज सेवा अभियान रुपन्देही कतार तथा पर्वत सेवा समाज कतारमा आबद्ध भएका थिए | हाल पर्वत समाज को मानार्थ सदस्य , तथा समाज सेवा अभियान रुपन्देहीमा कोषाध्यक्ष , लेखा समिति संयोजक , उपाध्यक्ष हुँदै दोस्रो कार्यकालको अध्यक्षको कार्यभार समालिरहेका छन । भट्टराई उज्यालो लालटिन प्रतिस्थन नेपाल को आजीवन सदस्य , अभियान नेपाल बाल गृहको अभिभावक सदस्य एन आर एन ए कतार को २०१७र२०१९ कार्यकालको सङघ संस्था समन्वय परिषद् कतार को सह संयोजक , प्रदेश नम्बर पाँच समन्वय परिसद कताए को महसचिब , तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार शाखाको साधारण सदस्य रहेका छन् |

सिभिल फिल्डमा टेक्निकल काममा अनुभवी भट्टराई हाल प्रशासनिक जिम्मेवारी समाल्दै आएका छन्  |उनी एनआरएनए कतारमा २०११ बाट पार्सद सदस्य रहँदै आएका छन् विभिन्न काल खण्डमा विभिन्न पदमा उम्मेदवारी दिएका भट्टराईले विगतमा अग्रजको आग्रहलाई स्विकार्दै समाजलाई आवश्यक पर्ने सही र सक्षम ब्याक्तिलाइ विजय बनाउनको लागि आफूले उम्मेदवारी फिर्ता लिएर समर्थन गरेको सम्झन्छन् अहिले पनि अग्रज। अनुज सबैको राय सल्लाह लिएर मात्र सचिव पदमा उम्मेदवारी दिएको बताउँछन् |कतारमा रहेका पार्षदले सही व्यक्तिको छनोट गर्न नचुक्नेमा भट्टराई ढुक्क देखिएका छन् |