फर्निचर उद्योगमा आगलागी :६५ लाखको क्षति

प्रकाशित मिति:

दाङ-दाङको लमही नगरपालिका–५ स्थित विश्वास काष्ठ फर्निचर उद्योगमा गएराति आगलागी हुँदा करीब रु ६५ लाखको क्षति भएको छ । उद्योग सञ्चालक रविलाल आचार्यका अनुसार मध्यरातमा एक्कासी आगो लागेपछि सबै सामान जलेर नष्ट भएको छ ।

“मध्यरातमा आगो लाग्दा नियन्त्रण गर्न धौधौ भयो”, उहाँले भन्नुभयो । विद्युत् सर्ट हुँदा आगलागी भएको हुन सक्ने आचार्यको अनुमान छ । लमही नगरपालिकाको दमकल, पानी ट्याङ्कर, स्थानीयवासी, प्रहरीलगायतको सक्रियतामा आगो निभाइएको थियो ।