विवाद को साटो रोजौं मेलमिलापको बाटो: खगेन्द्र भण्डारी

प्रकाशित मिति:

स्याङ्गजा – देशमा स्थानिय तहहरुको गठन र निर्वाचन पछि स्थानिय तहका उपप्रमुखरउपाध्यक्षहरु मेलमिलापकर्ताको रूपमा स्थापित भएका छन् । स्थानीयतहहरुमा भएका सामान्य विवाद देखिका केही बिवादहरुलाई मिलाउन भन्दै स्थानियतहलाई अधिकार निर्दिष्ट गरेको छ। स्याङ्गजाको वालिङ नगरपालिकाले शून्य बिवादको मुख्य उद्देश्य राखेर वडास्तरिय मेलमिलाप अभिमुखिकरण कार्यक्रम आज वालिङ्ग नगरपालिका वडा न १३ मा सम्पन्न गरेको छ।

प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपाल को सहयोगमा र वालिङ नगरपालिकाको आयोजनामा नगरपालिकाले पालिकाका १४ ओटै वडामा कार्यक्रम गरेको छ।कार्यक्रममा बोल्दै वालिङ नगर उपप्रमुख कल्पना तिवारिले सामाजिक बिबाद र समस्याको समाधान मेलमिलापबाट नै हुने बताउनुभयो ।साथै उहाले नगरपालिकाका नागरिकहरुलाई सर्वसुलभ र न्यायोचित मेलमिलाप को उद्देश्य अनुसार यस्तो कार्यक्रम ल्याइएको बताउनुभयो।

उहाले भन्नुभयो कानुनमा अज्ञानताका कारण अपराध क्षम्मे नहुने भन्दै आगो लाग्न ठूलो कुरा केही चाहिदैन सानो झिल्कोले नै लाग्छ त्यस्तै सानो कुरामा झगडा भएर बिकराल रुप लिने हुदा मेलमिलापबात नै सबै झगडा र विवादको समाधान हुने हुदा मेलमिलाप गर्न सिक्नुपर्ने बताउनुभयो।कार्यक्रममा नगर प्रबक्ता एवम् वालिङ नगरपालिका वडा न १ का वडाध्यक्ष केदार काफ्ले,वडा न १३ का अध्यक्ष आनन्द पाठक , नेपाली कांग्रेस वालिङ १३ का सभापति पारिस्वर न्यौपाने लगाएतले नगरपालिकाको मेलमिलाप नितिको बारेमा प्रस्ट्याउदै यसको आवस्यकता दर्शाउनुभयो ।प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालका सहजकर्ता सिताराम पौडेलले सहजीकरण गर्नुभएको कार्यक्रम नगरपालिकाका १४ ओटै वडामा गर्न लागिएको वालिङ नगरपालिकाका कानुन शाखा प्रमुख नर बहादुर पौड्यालले जानकारी दिनुभयो ।वडा न १३ का अध्यक्ष आनन्द पाठकको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत वडासचिव खुमकान्त शर्मा र संचालन वालिङ् नगरपालिकाका सहायक महिला बिकास निरीक्षक अनुस्का काफ्ले गर्नुभएको समाजसेवी युवराज गौतमले जानकारी दिनुभएको छ ।