बदाम एक, फाइदा अनेक

प्रकाशित मिति:

एजेन्सी –के तपाईंलाई बदाम मन पर्छ रु यदि मन पर्दैन भने पनि यसको सेवनमा भने कमी नल्याउनुहोस् । किनकी चिकित्सकहरुले बदामलाई स्वास्थ्यका लागि अति नै लाभदायक खानेकुरा मानेका छन् । बदाम पौष्टिक तथा स्वास्थ्यवद्र्वक खानेकुरा मानिन्छ ।चाहे गर्मी होस्, चाहे जाडो हरेक मौसममा बदामको सेवन स्वास्थ्यका लागि लाभदायी मानिन्छ । यतिमात्र होइन काँचो या पाकेको दुबै प्रकारको बदामले मानिसको शरिरलाई भरपुर फाइदा पुर्‍याउँछ ।

चिकित्सकहरुका अनुसार, बदाममा चिल्लो, प्रोटिन र विभिन्न प्रकारका भिटामिन तथा खनिज पाइन्छ । जसको सेवनले मुटुको रक्त कोषिकाहरु स्वस्थ रहन्छन् । बदामबाट भरिपूर्ण भोजनले स्वास्थ्यलाई निकै फाइदा पुर्‍याउँछ ।बोक्राको साथमा बदाम खानु झनै राम्रो मानिन्छ । तर, यसको मात्रा भने सन्तुलित हुनुपर्दछ । तपाईंको क्षमताभन्दा धेरै बदाम खानाले अपच हुने संभावना रहन्छ र यसले पेटलाई खराब गर्छ ।बदामको सेवन कोलेस्ट्रोललाई कम गर्न पनि प्रभावकारी मानिन्छ । बदामले कब्जियतको पीडालाई पनि कम गर्छ ।