चमत्कारी शिवलिङ्ग जहाँ १२ वर्षमा पर्छ चट्याङ, यस्तो छ अनौठो दैवीशक्ति

१ भाद्र २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
503 Shares


एजेन्सी –विश्वमा केही चकित पार्ने घटनाहरु सार्वजनिक भइरहेका हुन्छन् । केही रहस्यमयी घटनाको वास्तविकता तथा वैज्ञानिक आधर पत्ता लगाउन मुस्किल पर्छ ।भारतको हिमाचल प्रदेशमा एउटा यस्तै रहस्यमय मन्दिर छ । उक्त मन्दिरभित्र शिवलिङ्ग छ । जुन शिव लिंगमा हरेक १२ वर्षमा एक पटक चट्यांङ पर्छ । चट्यांङ किन पर्छ त्यसको आधिकारिक तथ्य अझै पत्ता लगाउन सकिएको छैन ।

हिमाचलको मथान भन्ने क्षेत्रमा रहेको भोलेनाथ मन्दिर रहस्यले भरिएको छ । उक्त मन्दिरमा हरेक १२ वर्षमा चट्याङ पर्दछ । तर त्यसरी चट्याङ पर्दासमेत मन्दिरमा कुनै क्षति हुँदैन । तर मन्दिरभित्र रहेको शिवलिङ्ग भने टुक्रिन्छ । यस अर्थमा उक्त शिवलिङ्ग निकै विशेष र चामत्कारिक मानिन्छ ।पौराणिक मान्यताअनुसार त्यहाँको विशाल उपत्यका नागको रुपमा रहेको छ, जसको शिवले वध गरेका थिए । त्यसैले हरेक १२ वर्षमा भगवान इन्द्रले भोलेनाथ अर्थात् शिवजीको आज्ञा लिएर उक्त मन्दिरमा चट्याङ पार्दछन् भन्ने मान्यता छ ।चट्याङ पर्दा मन्दिरमा अरु क्षति हुँदैन, तर शिवलिङ्ग चाहिँ टुक्रिन्छ । त्यहाँका पुजारीहरुले फुटेको शिवलिंगलाई जोड्दछन् र घिउको लेप लगाउँदछन् । ताकि शिवजीले पीडाबाट राहत पाउन सकुन् । त्यसैले यो मन्दिरलाई स्थानीयले ‘मख्खन महादेव’ पनि भन्दछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • लकडाउन प्रभावित परिवारलाई राहत वितरण गर्दै अभियानता चौधरी
  • नेपाल शिक्षक संघद्धारा गलकोट नगरपालिकाको राहत कोषमा दश हजारको चेक…
  • दशगजामा सडक निर्माण कार्य अबिलम्ब रोक्न भारतलाई चेतावनी
  • समाजवादी र राजपाले दर्ता गराए संविधान संशोधन प्रस्ताव
  • माछा मार्ने कारवाहिमा
  • पश्चिम नवलपरासीको सरावलमा १ जनामा कोरोना संक्रमित, जिल्लामा संक्रमित ६…
  • प्रेस काउन्सिल नेपालद्वारा गरिएको मिडियाको विश्वसनीयतासम्बन्धी सर्भेक्षण प्रतिवेदन हस्तान्तरण
  • कोरोना अपडेट : रुपन्देही, पाल्पा, गुल्मी र नवलपरासीमा पनि थपिए
  • आज एकै दिन २२६ जनामा कोरोना संक्रमण पुष्टि
  • कोरोना संक्रमण वढ्दै जादा पनी भारतमा लकडाउन खोल्न सुरु