काम खोज्दै नेपाल आउने विदेशी बढे

प्रकाशित मिति:

काठमाडौँ –वैदेशिक रोजगारीमा जाने नेपाी युवाको संख्या घटिररहेको बेला काम खोज्द नेपाल आउने विदेशीको संख्या बढ्दै गएको छ। नेपालमा ठूला परियोजना र अन्य विकास निर्माणका काम धमाधम बढ्न थालेपछि यस्ता परियोजनामा काम गर्न आउने विदेशीको संख्या बढेको हो ।

आर्थिक वर्ष २०७४र७५ मा नेपालमा रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या १ हजार ६ सय ४३ रहेकोमा गत आर्थिक वर्षमा २ हजारको हाराहारीमा पुगेको छ।यस मध्ये पनि अघिल्लो आर्थिक वर्षमा १ हजार ३ नयाँ आवेदकलाई श्रम स्वीकृति दिइएको थियो भने ५८८ जना पुरानाको श्रम स्वीकृति नवीकरण गरिएको थियो।यस्तै गत आवमा १ हजार ११९ नयाँलाई श्रम स्वीकृति दिइएकोमा ८६२ गैरनेपालीको श्रम स्वीकति नवीकरण गरिएको थियो। यो खबर आजको कारोबार दैनिकमा छापिएको छ ।