शालिकराम मृत्यु प्रकरण संसदमा– रवि समर्थकको अस्वभाविक हुलहुज्जत भन्दै सांसदको आपत्ति

१ भाद्र २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
9 Shares


काठमाडौं – पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको विषय संसदमा प्रवेश गरेको छ । आइबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद महेश्वरराज गहतराज अथकले उक्त प्रकरणमा अराजक, गैरकानूनी र अस्वभाविक हुलहुज्जत भइरहेको भन्दै आपत्ति जनाएका हुन् । प्रतिनिधिसभाको शून्य समयमा सांसद गहतराजले भने,‘पत्रकार शलिकराम पुडासैनीको रहस्यमयी मृत्युप्रकरण र सो को अनुसन्धानका लागि पत्रकार रवि लामिछानेको गिरफ्तारीलाई लिएर ‘के निहु पाउँ र कनिका चपाउँ’ भन्नेहरुले जुन अराजक, गैर कानूनी र अस्वभाविक हुल हुज्जत गर्ने कार्य भइरहेको छ म त्यसको निन्दा र भत्र्सना गर्दछु ।’

प्रहरीले अनुसन्धान गर्ने र अदालतले दोषी प्रमाणित गर्ने हाम्रो संवैधानिक र कानूनी प्रकृया भएको भन्दै सांसद गहतराजले यसलाई ठाडो उल्लंघन र अस्वीकार गर्दै भएका गतिविधि क्रियाकलाप र क्रियाप्रतिक्रिया देशको शान्ति सुरक्षा र सुशासनको विरुद्धमा रहेको बताए । ‘मेरो मान्छे वा मेरो मन परेको मान्छे सुनपानीले चोखो हुन्छ, अपराधी हुँदैन भन्ने मनोविज्ञानले हाम्रो समाजलाई कता लैजान्छ आज गम्भीर चिन्ता र चासोको विषय बनेको उनको भनाइ थियो । पत्रकार शालिकराम पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भनिएको एक भिडियो सार्वजनिक भएको थियो । उक्त भिडियोमा पुडासैनीले आफ्नो मृत्युको कारण पूर्व सहकर्मी रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्की रहेको बताएपछि प्रहरीले उनीहरु तीनै जनालाई पक्राउ गरेको थियो ।

विहीवार पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय चितवन लगिएको लामिछानेसहित तीन जनालाई प्रहरीले शुक्रवार जिल्ला अदालतमा पेश गरेको थियो । अदालतले उनीहरुमाथि थप अनुसन्धानका लागि भन्दै प्रहरीलाई पाँच दिनको समय उपलव्ध गराएको थियो । लामिछाने हिरासतमा रहेको र उनलाई फसाउन खोजिएको भन्दै रविका समर्थकले चितवनमा प्रदर्शन समेत गरिरहेका रहेका छन् । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको थियो । शुक्रवार र शनिवार भएको झडपमा आधा दर्जन प्रहरी र त्यतिनै संख्यामा रवि समर्थकहरु घाइते भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • एकद्वार प्रणाली मार्फत वडा बिपन्नलाई राहत उपलब्ध गराउने
  • मनकारी घरबेटी : जसले काठमाडौमा रहेको घरको भाडा नलीने
  • मनकारी घरबेटी : जसले १६ सटरको भाडा नलीने
  • शिर्जनशिल बहुउद्देशीय क्लव द्धरा मास्क र साबुन वितरण
  • अधिवक्ता कृष्ण पोखरेल द्धारा घर भाडा छुट दिने घोषणा ।
  • नेविसंघले वितरण गर्यो सन्चारकर्मीलाई मास्क, स्यानिटाइजर, र ग्लोब्स
  • कोरोनाको रोकथाममा सरकार गैरजिम्मेवार बनेकोप्रति नेकपा नवलपुरको आपत्ति
  • वली सरकार जनताको जनजीविका र स्वास्थ्यप्रति गम्भीर बनेन : सङ्गम,…
  • सहायताको नाममा चन्दा उठाउन र आँफूखुसी वितरण गर्न नपाईने :…
  • काग्रेस प्रवक्ताले भने संकटका नाममा भ्रष्टचारले उन्मुक्ति पाउनुहुन्न