शालिकरामकी श्रीमतीले दिइन रविविरुद्ध किटानी जाहेरी

प्रकाशित मिति:

काठमाडौं – पत्रकार शालिकराम पुडासैनी प्रकरणमा छानविन गर्न पुडासैनीकी पत्नी सम्झनाले रवि लामिछाने विरुद्ध किटानी जाहेरी दिएकी छन् । उनले आइतबार प्रहरी कार्यालयमा पुगेर किटानी जाहेरी दिएकी हुन् । पुडासैनीका परिवारले महानगरीय प्रहरी परिसर काठमाडौंमा लामिछानेसहित सोही प्रकरणमा पक्राउ परेका युवराज कँडेल र स्टाफ नर्स ओखलढुंगाकी अस्मिता कार्कीविरुद्ध किटानी जाहेरी दिएका हुन् ।

किटानी जाहेरीमा उनले आफ्ना श्रीमानलाई लामिछाने, कँडेल र कार्कीले हत्याको बाटो रोज्न बाध्य पारेकाले उनीहरुमाथि मुलुकी अपराध संहिताको दुरुत्साहनअन्तर्गत कारबाही गर्न माग गरेकी छन् । किटानी जाहेरी दिने क्रममा उनी भावुक भएर रोएकी थिइन् । पुडासैनीको १३ दिनको काजक्रिया शनिवार सकिएपछि उनी आइतवार उजुरी दिनप्रहरी कार्यालय पुगेकी हुन् ।