हिंसा र बलकाे प्रयोग बन्द गरी आन्दोनरत पक्षसँग शान्तिपूर्ण वार्ता गर्नुपर्छ : मीन बहादुर विश्वकर्मा

प्रकाशित मिति:

काठमाडौं  – सांसद मीन बहादुर विश्वकर्माले लोकसेवा आयोगको विज्ञापनविरुद्ध उत्रिएको आन्दोलकारीहरुसँग सरकारले वार्ता गरेर समस्यकाे समाधान गर्नुपर्ने बताउनुभएको छ । आइतबार संसदमा सम्बोधन गर्दै विश्कर्माले सरकारले हिंसा र बल प्रयोगको शैलीलाई बन्द गरी संविधान बमोजिमका जायज माग पुरा गर्न आन्दोनरत पक्षसँग शान्तिपूर्ण वार्ता गरी समाधान गर्नुपर्ने बताउनुभएको हो । गत जेठ १४ गते लोकसेवा आयोगले प्रकाशित गरेको संविधान विपरीत विज्ञापन खारेज गरी समावेशी प्रकृतिको अर्को विज्ञापन पुन: प्रकाशित गर्न माग गर्दै आदिवासी/जनजातिहरू निरन्तर आन्दोलनमा रहेको जानकारी पनि गराउनुभयो ।

आदिवासी, जनजाति, महिला, अपाङ्गता, दलित र पछाडि परेका समुदायको साझा सञ्जालको आन्दोलनलाई हिजो मात्रै पुतली सडकमा प्रहरीले बल प्रयोग गरेकोप्रति आपत्तिसमेत जनाउनुभयाे ।

सांसद विश्वकर्माले नेपाल आदिवासी जनजाति सङ्घको अध्यक्ष जगत् बरामसँगै एक दर्जन भन्दा बढी आन्दोलनकारीहरूलाई घाइते बनाएको र एक दर्जन भन्दा बढीलाई पक्राउ गरेको भन्दै पक्राउहरूलाई तत्काल रिहाइको मागसमेत गर्नुभयो । लोकसेवा आयोगले स्थानीय तहका लागि माग गरेको विज्ञापन समावेशी सिद्धान्त विपरीत भएको भन्दै आरक्षण बचाऔं अभियान्ताहरूले शनिबार गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो ।