भारतमा हिमाचल राज्यमा घरमाथि रुख ढल्दा २ नेपालीको मृत्यु,पाँच जना घाइते

प्रकाशित मिति:

एजेन्सी –भारतमा २ जना नेपालीको मृत्यु भएको छ । भारतको हिमाचल राज्यमा रुखले किचेर घाइते भएका ७ नेपाली मध्य दुई जनाको मृत्यु भएको हो ।विगत दुई दिनदेखि हिमाचलमा भएको वर्षाका कारण नेपाली मजदुरी गर्दै आएका उनीहरुलाई रुख ढलेर किचेको जनाइएको छ । आइतबार घरमाथि रुख ढलेको थियो। उक्ता घटनामा परि मृत्यु भएकाहरु बाँके विनाउना चिलहरियाका सन्तबहादुर पुन मगर र अर्जुन बुढा मगर रहेको बताइएको छ ।

कृष्ण, रणवीर, रमन,भीमबहादुर र समीर सबै घाइते भएकाहरु राप्तिसोनारी गाउँपालिका –४ का बासिन्दा हुन्। घाइते उनीहरुको इन्दिरा गान्धी मेडिकल कलेजमा उपचार भइरहेको जनाइएको छ।