यात्रीलाई कुरुप भन्ने विमानस्थल कर्मचारीको जागिर गयो

१ भाद्र २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


एजेन्सी अमेरिकाको न्यूयोर्कस्थित ग्रेटर रोचेष्टर अन्तर्राष्ट्रिय विमानस्थलकी सुरक्षा कर्मचारीले एक यात्रीलाई कुरुप लेखेको पत्र दिएपछि उनको जागिर गएको छ । विमानस्थलको प्रशासनले यात्रीलाई कुरुप भन्ने महिला सुरक्षा कर्मचारीलाई जागिरबाट बर्खास्त गरेको हो ।

गत जुन महिनामा विमानस्थलकी महिला सुरक्षा कर्मचारीले ४० वर्षे यात्री निल स्ट्रास्नरलाई मेटल डिटेक्टर जाँच गर्ने क्रममा एउटा पत्र दिएकी थिइन् । उनले सुरक्षा जाँच गरिसकेपछि केही टाढा पुगिसकेका थिए ।त्यसपछि ती महिला सुरक्षा कर्मचारीले चिच्याएर उनलाई त्यो पत्र हेर्न भनेकी थिइन् । त्यो पत्र खोलेर हेर्दा त त्यहाँ ‘यू अग्ली’ अर्थात् तिमी कुरुप लेखिएको थियो । त्यो पढेर लाजले भुतुक्क भएका यात्रीलाई देखेर ती कर्मचारी भने मरीमरी हाँसेकी थिइन् ।सुरक्षा कर्मचारीको यस्तो व्यवहारपछि स्ट्राटनरले विमानस्थल प्रशासनलाई त्यसबारे उजुरी गरेका थिए । त्यसपछि विमानस्थलले ती कर्मचारी महिलालाई बर्खास्त गरेको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया