स्व अधिकारीको स्मृतीमा अक्षयकोष स्थापनामा सहयोग गर्ने प्रतिवद्धता

प्रकाशित मिति:

बुटवल –सवारी दुर्घटनामा परि मृत्यु भएका पत्रकार स्व डायलशन अधिकारीको स्मृतीमा अक्षयकोष स्थापना गरिए आफुहरु सहयोग गर्न तयार रहेको बिभिन्न संघ संस्थाहरुले प्रतिवद्धता जनाएका छन् ।स्व.पत्रकार अधिकारी कर्तव्यनिष्ठ र व्यवसायिक पत्रकारको परिचय बनाउन सफल भएको भन्दै उनिहरुले उनको स्मरणकालागि अक्षयकोष स्थापना गरिए आफुहरु सहयोग गर्न तयार रहेको बताएका हुन् ।

आइतबार बुटवलमा आयोजित कुमारी जव प्रालिको बिस्तारीत शाखाको उद्घाटन कार्यक्रममा बोल्दै कुमारी जव प्रालिका प्रबन्ध निर्देशक सन्देश भण्डारी र पश्चिम नेपाल बस प्रालिका अध्यक्ष दधिराम खरेलले उक्त प्रतिवद्धता व्यक्त गरेका हुन् ।स्व पत्रकार अधिकारी लगनशील र कर्तव्यनिष्ठ पत्रकारको छवी बनाउन सफल भएको र समाचार संकलन तथा सम्प्रेषणकै क्रममा दुर्घटनामा परि मृत्यु भएकोले त्यस्ता व्यक्तित्वको दिर्घकासम्म स्मरण हुनेगरी अक्षयकोष स्थापना गर्नुपर्ने उनिहरुको जोड थियो ।