मानसरोवर गएकी एक भारतीय तीर्थयात्रीको म‍ृत्यु

२ भाद्र २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
3 Shares

प्रतिकात्मक तस्वीर

रसुवा – मानसरोवर यात्रा गर्न गएकी एक भारतीय महिला तीर्थयात्रुको लेक लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गोकर्ण थापाका अनुसार मृत्यु हुनेमा भारतको प्रान्त नखुलेको ५५ वर्षीया अर्चना जयप्रकाश मिश्र हुन् । मानसरोवर जानेक्रममा चिनियाँ भूभागमा भदौ १ गते आइतबार उनको मृत्यु भएको हो ।

उनको शव सोमबार बिहान ११.२० बजे रसुवागढी नाकाबाट नेपाल भित्र्याइसकेकाले परीक्षणका लागि हेलिकप्टरद्वारा त्रिवि शिक्षण अस्पताल लाने तयारी भइरहेको प्रहरीले बताएको छ । यसअघि मानसरोवर जानेक्रममा गत साउन महिनामा लेक लागेर दुई भारतीय तीर्थयात्रीको मृत्यु भएको थियो । साउन १ गते भारतीय नागरिक ५९ वर्षीया स्वराज्यलक्ष्मी भल्लुरु र साउन ३० गते ५३ वर्षीय उन्नीहरि एैगाडीपारम्बील को मृत्यु भएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • सिद्धबाबा हस्पिटलमा सर्जरी सेवासगै ठुुलो अपरेसन गर्न सफल
  • ३८ औँ मगर एकता दिवसको अवसर पारि नवलपरासी सहित देशैभर…
  • लुम्बिनीलाई मिनी ठमेल बनाउनु पर्छ : मुख्यमन्त्री पोखरेल
  • केराको बोक्राको फाइदा– शरीरको मुसा हटाउनदेखि कोलेस्ट्रोल नियन्त्रण गर्नसम्म
  • प्रधानमन्त्री भन्छन बाँस्कोटा बोलेको अडियो हो भन्ने कुनै प्रमाण छैन
  • देवदहका मेयर खत्रीलाई ‘नेल्टा’ सम्मान
  • ॐ आज बिहीवार, आजको दिनमा के गर्ने के नगर्ने ?…
  • कोरोनाभाइरसबाट बच्न आश्चर्यजनक उपाए , गाईको पिसाब र गोबर {प्रयोग…
  • चर्चित गायिकाको पिडा : मलाई पापीहरुले बन्धक बनाएर लामो समयसम्म…
  • गुल्मीमा बेवारिसे शवको पहिचान हुन सकेन