नेप्से ७ अंकले उकालो लाग्यो

२ भाद्र २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
3 Shares

file

काठमाडाैँ – नेप्से सूचक सोमबार ७.२३ अंकले बढेर १२२२.०६ विन्दुमा आइपुगेको छ । १७५ कम्पनीको ३८ करोड ९६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १४ लाख ७७ हजार ४३५ कित्ता सेयर खरिदबिक्री भएका छन् । कुल ११ वटा समूहको सेयर कारोबार भएकामा निर्जीवन बिमा बाहेक बाँकी सबै समूहका सूचक बढेका छन् । जीवन बिमा समूह सबैभन्दा धेरै ४४.३२ अंकले बढेको छ ।

वाणिज्य बैंक समूह पनि ७.३३ अंकले माथि लागेको छ । कारोबार रकममा सिद्धार्थ बैंकको संस्थापक सेयरले अग्रता कायम गरेको छ । यसको २ करोड ५८ लाख रुपैयाँभन्दा बढीको खरिदबिक्री भएको छ । दोस्रो र तेस्रोमा भने रसुवागढी हाइड्रोपावर र एनआइसी एसिया बैंक परेका छन् । सबैभन्दा धेरै नाडेप लघुवित्तका लगानीकर्ताले ७५० प्रतिशतका दरले कमाएका छन् । बढी गुमाउनेमा सानिमा इक्विटी फन्डका लगानीकर्ता छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया