जागिरमा कसरी सफलता पाउने ? राशि अनुसारको गुडलक टिप्स हेर्नुहोस

प्रकाशित मिति:

एजेन्सी –जागिरमा आउने केहि समस्याहरुका कारण हामी तनावमा रहने गर्दछौँ । कहिले कामको चाप, कहिले भनेजति पारिश्रमिक नहुनु वा समयमा बढुवा नहुनु र माथिल्लो पदबाट दबाब भोग्नुलगायतका अधिकांश कारणले जागिरेहरुको मनोबल गिर्ने गरेको छ । तर नआत्तिनुहोस्, यि कुराबाट सहज रुपमा पार पाउन वा सफल हुन आफ्नो राशिअनुसार निम्न काम गरेमा तपाईंलाई गुडलक लाग्न सक्छ स्

मेष राशि

मेष राशिका जातकको व्यवसाय शुक्रमा निर्भर हुन्छ । तसर्थ जागिरमा समस्या भए वा सफलता पाउन सेतो वस्त्र र स्फटिकको माला धारण गर्नु उत्तम हुन्छ । साथै शुक्रबार भगवान लक्ष्मीको पूजा वा आरधना गरेमा सबैभन्दा बढी लाभदायक हुन्छ ।

वृष राशि

वृष राशिका जातकलाई बुधले व्यवसायमा सफलता दिने गर्दछ । जागिरमा कुनै तनाव वा समस्या झेल्नु भएको छ भने नित्य बिहान गणेशजी को आराधना गरेमा यो संकट हटेर जानेछ । गणेशको आराधना गर्दा दुबो अर्पण गर्नु अनिवार्य छ । साथै बिहान र साँझ दुबै समय हनुमान चालीसाको पाठ गर्नु उत्तम हुन्छ ।

मिथुन राशि

मिथुन राशिका जातकको व्यवसाय शुक्र र बृहस्पतिमा निर्भर हुन्छ । हरेक दिन बिहान ९सुर्योदय भएसँगै० सूर्यलाई बेसार मिसाएर जल अर्पण गरेमा जागिरमा आएका समस्याको निदान हुनेछ । साथै हिरा वा ओपलको धारण गरेमा अझ उत्तम रहनेछ ।

कर्कट राशि

कर्कट राशिका जातकलाई व्यवसायमा सफल वा असफल बनाउनेमा शनिको दोष रहन्छ । यदि जागिरमा कुनै तनाव झेलिरहनु भएको छ भने नियमित शनि चालीसाको पाठ गरेमा केहि हप्तामा नै यसबाट लाभ मिल्नेछ । अझ शनिबार पीपललाई दीप दान गरेमा उत्तम हुनेछ ।

सिंह राशि

सिंह राशिका जातकलाई शनि र मंगलले व्यवसायको अवस्थालाई नियन्त्रण गरेको हुन्छ । हरेक दिन बिहान हनुमानजी श्रद्धापूर्वक उपासना गरेमा सिंह राशिका जातकको जागिरको समस्या हटेर जानेछ । साथै हरेक शनिबार कालो चनाको दान गरेमा उत्तम हुनेछ ।

कन्या राशि

कन्या राशिका जातकको व्यवसाय स्थानमा बुध र बृहस्पति दुबै महत्वपूर्ण हुन्छन् । जागिरमा आएको समस्या निराकरणका लागि नियमित रूपमा गणेशजीलाई पहेलो फूलसहित पूजा गरेमा लाभदायी रहन्छ । गणेशको आराधना गर्दा दुवो अर्पण गर्नु अनिवार्य छ । गणेश मन्त्र उच्चारण गरिरहेमा समेत यो लाभदायक रहन्छ ।

तुला राशि

तुला राशिका जातकलाई व्यापार तथा जागिरमा शनि र मंगल महत्वपूर्ण हुन्छन् । नियमित रूपमा शनिमन्त्र जप गरेमा जागिरमा आएका समस्या हटेर जानेछन् । साथै व्यवसाय वा कार्यालयको आफू बस्ने स्थानमा रातो कपडामा नरिबललाई बाधेर राखेमा तपार्इंको प्रभाव बढ्नेछ ।

वृश्चिक राशि

वृश्चिक राशिका जातकको व्यवसायलाई गुरु र शुक्रले नियन्त्रण गर्दछन् । व्यवसाय वा कार्यालयको आफू बस्ने स्थानमा बस्ने स्थानभन्दा उच्चो भागमा सेतो रंगको गणेश र लक्ष्मीको मूर्ती स्थापना गरी नित्य विधिवत पूजा गरेमा केहि सातामा नै समस्या हट्ने छ ।

धनु राशि

धनु राशिका जातकलाई मंगल र बुधले व्यापार वा जागिरको स्थानमा महत्वपूर्ण भूमिका राख्दछन् । जागिरमा आउने समस्याको निराकरणका लागि नियमित हनुमानजीको उपासना तथा हनुमान चालिसाको पाठ गरेमा उत्तम हुनेछ । बुधबार हरियो फलफुल तथा तरकारी दान गरे लाभदायी रहनेछ ।

मकर राशि

मकर राशिका जातकको जागिरको स्थानमा शुक्र र चन्द्र महत्वपूर्ण हुन्छन् । जागिरमा समस्या आएमा व्यवसाय वा कार्यालयमा भगवान शिवको मूर्ती स्थापना गरी त्यसमा नियमित सेतो फूल अर्पण मात्र गरेमा लाभ मिल्नेछ ।

कुम्भ राशि

कुम्भ राशिका जातकको व्यवसाय स्थानको सूर्य र शुक्रले नियन्त्रण गर्दछन् । सबैभन्दा महत्वपूर्ण मानिने शुक्र र सूर्यलाई प्रसन्न राखेमा जागिरमा समस्या हुँदैन । व्यवसाय वा कार्यालयको स्थानमा तामाको भाडोमा पानी भरेर नित्य सायँ श्री सूक्तमका पाठ गरे उत्तम हुनेछ ।

मीन राशि

मीन राशिका जातकलाई व्यवसायमा चन्द्रमा तथा बुधले सम्बन्ध राख्दछ । दैनिक शिवजी उपासना गरेमा मीन राशिका जातकको जागिरको समस्या घटेर जानेछ । शिवलाई सेतो फूल र जल अर्पण गर्न अनिवार्य छ । साथै सधैँ शिव मन्त्रको जाप गरिरहेमा छिटो फल मिल्ने सम्भावना हुन्छ ।