५ दिनको म्याद सकिएपछि रवि लामिछाने पुनः अदालत पेश

३ भाद्र २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
20 Shares

File

चितवन– पत्रकार शालिकराम पुडासैनि मृत्यु प्रकरणमा नियन्त्रणमा लिइएको टेलिभिज कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई पुनः अदालत पेश गरिएको छ । आत्यहत्या दुरुत्साहनसम्बन्धी कसुरमा अनुसन्धान गर्न थपिएको ५ दिनको म्या सकिएपछि उनीहरुलाई मंगलबार पुनः जिल्ला अदालत चितवनमा पेश गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवन स्रोतका अनुसार उनीहरुमाथि थप अनुसन्धान गर्नका लागि पुनः म्याद थप गर्न अदालत पेश गरिएको हो ।

गत बिहीबार काठमाडौंस्थित न्यूज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ परेका लामिछाने र युवराज कँडेल तथा काठमाडौंको कलंकीबाट पक्राउ परेकी रुकु भनिने अस्मिता कार्कीलाई शुक्रबार चितवन जिल्ला अदालतमा पेश गरिएको थियो । चितवन जिल्ला अदालतका न्यायाधीश विनोद कुमार गौतमको इजलाशले लामिछानेसहित ३ जनाविरुद्ध अनुसन्धान गर्न ५ दिनको म्याद थप गरेको थियो । अनुसन्धानका लागि थपिएको ५ दिनको म्याद पूरा भएपछि मंगलबार पुनः अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • समाज लघुवित्त तत्काल कारोबारमा नआउने, मर्जरमा जाने
  • केन्द्रिय कारागारमा एक कैदिको शंकास्पद मृत्यु
  • आईपीएल २०२० : राजस्थान राेयल्स र चेन्नई सुपर किङ्ग्स खेल्दै
  • त्रिविबाट नेविसंघ कार्यकर्ता पक्राउ
  • गुल्मीको राताडांडामा पहीरो जादा २ जना बेपत्ता
  • आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्न नदिने सरकारको निर्णय
  • भोलिदेखि साझा यातायातले लामो दूरीका गाडी सञ्चालन गर्ने
  • नेकपा सचिवालय बैठकअघि बालुवाटारमा मन्त्रिपरिषद् बैठक
  • निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोश्रो टर्मिनल भवन निर्माण सुरु
  • आजबाट रा.वा. बैंकको सनराइज क्यापिटलमा रहेको सवा ४ लाख कित्ता…