पार्टीबाट असहयोग भएको भन्दै नेकपा प्रदेश–२ अध्यक्ष प्रभु साहले दिए राजीनामा

प्रकाशित मिति:

काठमाडौं – सत्तारुढ नेकपा प्रदेश–२ अध्यक्ष प्रभु साहले पदबाट राजीनामा दिएका छन् । उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रण्चण्डलाई राजीनामा बुझाएका हुन् । प्रदेश अध्यक्ष बनाइएका साह स्थायी कमिटिको दाबेदार मानिएका थिए । स्थायी कमिटिमा नपरेपछि साह असन्तुष्ट रहेको बताइन्छ ।

प्रदेश–२ अध्यक्ष भएपछि पनि भूमिकाविहीन समेत रहेका साहले आफूले अगाडि बढाएका हरेक कार्यमा पार्टीको नेतृत्व तहबाट नै असहयोग र चौतर्फी घेराबन्दी भएका कारण पदबाट राजीनामा दिएको बताएका छन् । प्रदेश कमिटी सदस्यहरुको चयन एवं पछिल्लो समय जिल्ला कमिटीको पदाधिकारी चयन गर्दा प्रदेश कमिटीसँग सरसल्लाह नगरेको समेत उनको गुनासो छ ।