एनसेललाई फेरि झड्का – दाङमा अज्ञात समूहले गरे टावरमा आगजनी

३ भाद्र २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


दाङ – दाङमा एनसेलको टावरमा आगजनी भएको छ । गए राति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५ रगैँचामा रहेको टावरमाथि आगजनी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार टावरको जेनेरेटर र तारमा क्षति पुगेको छ ।

टावरमा नेत्रबिक्रम चन्द समूहले आगजनी गरेको हुनसक्ने उनको भनाइ छ । यस विषयमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय खिलतपुरको टोली त्यहाँ पुगिसकेको प्रहरी नायब उपरीक्षक शाहले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • हरिनासमा आमा समुहको नवनिर्मित भवनको उद्घाटन
  • सुख्खानगर निवासी लक्ष्मी चारदिनदेखि बेपत्ता,खाेजी गरिदिन परिवारको अपिल
  • प्रधानमन्त्रि ओलीबाट देश र समाजको परिवर्तन सम्भव छैन :नेपाल
  • प्रधानमन्त्री कप क्रिकेट छनौटमा नवलपरासी र दाङ विजयी
  • पृथ्वी जयन्तीमा बुटवलमा बृहत्त र्याली हुने,राष्ट्रिय पर्वको रुपमा मनाउन आग्रह
  • मुक्तिनाथ लायन्स क्लब द्वारा विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग
  • प्रगतिनगर सामुदायिक विद्युत सहकारीको चौथो साधारण सभा सम्पन्न
  • कुंवरवर्ती र नवज्योति छात्रा भलिबलको फाइनलमा
  • प्रधानमन्त्री संघयिता विरोधी हुन् : ठाकुर
  • भारतबाट मिचिएका नेपाली भुभाग फिर्ता गर्ने प्रधानमन्त्रिको दाबी