नेकपाका अध्यक्षमाथि लाग्यो ४५ लाख ठगीको आरोप

३ भाद्र २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
25 Shares


बुटवल – सरकारी जागिर लगाइदिने प्रलोभन देखाएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नगर अध्यक्षले लाखौं असुलेको पीडितहरुले बताएका छन् । कपिलवस्तुको बाणगंगा नगरपालिकाका नगर अध्यक्ष विश्व कार्कीले लोकसेवा आयोग पास गराइदिने र नेपाल प्रहरीमा जागिर लगाइदिने भन्दै आफूहरुबाट ४५ लाख ३० हजार रुपैयाँ लिएको भन्दै पीडितले उजुरी दिएका हुन् ।

उनीहरुका अनुसार बाणगंगा–२ घर भएका कार्कीले शिक्षकका लागि ४ लाख ५० हजार, स्वास्थ्य सेवाका लागि ३ लाख र प्रहरी जवानका लागि २ लाख ६० हजार रुपैयाका दरले रकम असुलेका थिए । रकम बुझाएपनि नाम ननिस्किएको र पटकपटक रकम माग्दा फिर्ता नभएको पीडितको दाबी छ । उनीहरुले नेकपा जिल्ला कार्यालयमा निवेदन दिँदै रकम फिर्ता दिलाइदिन माग गरेका छ्न । नेकपा कपिलवस्तुका अध्यक्ष झविलाल पोखरेलले मंगलबार बिहान उजुरी प्राप्त भएको बताउँदै निवेदकहरुसँग छलफल गरिने र कार्की दोषी देखिए कारवाही हुने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया