सत्तारुढ सांसदको प्रश्न : काठमाडौँमा राँगाभैसी कहाँबाट आउछन् ?

३ भाद्र २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


काठमाडौँ– सत्तारुढ दलका सांसद विरोध खतिवडाले काठमाडौँ उपत्यकामा चोरी पैठारीका राँगाभैैसी भित्रने गरेको भन्दै त्यसबारे सम्बन्धित निकायको ध्यान जान नसकेको बताएका छन् । उनले वीरगञ्ज नाकाबाट गत चैत महिनायता एउटा पनि राँगा भैसी नभित्रिएपनि काठमाडौँमा राँगाभैसीको अभाव नहुनुले चोरी निकासीबाट भित्रने गरेको दावी गरे ।

मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद खतिवडाले भने, ‘काठमाडौंमा ममचा छोयलको अभाव छैन । वीरगञ्ज भन्सारबाट दश हजार राँगाभैसी आउँथे । तर गत चैत महिनादेखि एउटा पनि आएका छैनन् ।’ उनले वीरगञ्ज नाकाबाट रागाभैंसी ल्याउँदा प्रतिगोटा ८५६ रुपैयाँ राजस्व समेत जम्मा हुन छोडेको बताए । ‘पशु क्वारेन्टाइनले रागाभैसीको सिगान पुछेर पठाउथ्यो,त्यो पनि गरेको छैन । तर काठमाडाँैमा राँगाभैसीको अभाव छैन । यसको मतलव त्यो चोरीबाटोबाट आएको छ ।

पशुको स्वास्थ्य जाँच गरिएको छैन । यस्तो लापरवाही किन भयो ?’ सांसद खतिवडाले सरकारको ध्यानाकर्षण गराए । त्यस्तै उनले राज्य व्यवस्था समितिले बाढी पहिरोको निरीक्षण गर्ने क्रममा मकवानपुरसहित कैयौँ जिल्लाको नाम छाडेर १२,१३ जिल्ला प्रभावित भनेर प्रतिवेदन आएको भन्दै त्यसलाई पुर्ण प्रतिवेदन भन्न नमिल्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • आँखा रोगबाट ग्रसित ११ वर्षिय सदाय परिवारका नेहा लाई आर्थिक…
  • कपिलवस्तुमा बिद्युत प्राधिकरणको जिप खोलाले बगायो १ को मृत्यु २…
  • ३५ केजी चरेस सहित २ महिला पक्राउ ।
  • नेपाली कांग्रेसद्धारा वडा कार्यालयमा ज्ञापन पत्र प्रतिपक्षीदललाई बेवास्ता गरेको कांग्रेसको…
  • स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
  • वडा विभाजनको माग गर्दै वडाबासीले हस्ताक्षर बुझाए
  • मुखिया परिवारको सारथि बन्यो : घरघरमा हामी अभियान, नगद र…
  • १० बर्ष नपुग्दै भत्कियाे  सहिद क. हुमानन्द बन्जाडेकाे स्मृति प्रतिक्षालय 
  • देउखुरीमा पनि मसिनो हाईब्रिड धानको उत्पादन सुरु किसान परियोजना कृषकका…
  • पहिरोका कारण बुटवल तानसेन सडक खण्ड एक तर्फी खुल्ला