​५० पदका लागि उपनिर्वाचन गराउन निर्वाचन आयोगले अर्थमन्त्रालयसँग माग्यो ४० करोड

प्रकाशित मिति:

काठमाडौं – निर्वाचन आयोगले ५० पदका लागि उपनिर्वाचन गराउन अर्थमन्त्रालयसँग ४० करोड मागेको छ । आगामी मङ्सिर १४ गतेका लागि उपनिर्वाचन तोकिएको छ । उपनिर्वाचनमा ५ सय ५० मतदान केन्द्र कायम हुने जानकारी आयोगले दिएको छ। आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार प्रतिनिधिसभाको एक, प्रदेशसभाका तीन र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक र वडाध्यक्ष ४१ समेत गरी ५० पदका लागि हुने उक्त निर्वाचनमा करीब ५ लाख मतदातालाई मतदान गर्ने अधिकार हुनेछ।

गत साउन १६ गते १८ वर्ष उमेर पुगेका, उपनिर्वाचन तोकिएका क्षेत्रको मतदाता नामावलीमा नाम समावेश भएका नेपाली नागरिकले मतदानमा भाग लिन पाउनेछन्। करीब ६ हजार ८ सय जनशक्ति परिचालन गर्नुपर्ने अनुमान गरिएको उक्त निर्वाचनका लागि आयोगले ४० करोड रुपैयाँ रकम प्रस्ताव गरी निकासाका लागि अर्थ मन्त्रालयमा पत्राचार गरिसकेको छ। निर्वाचनको तयारीका लागि आयोग तीव्रताका साथ जुटिरहेको प्रवक्ता खरेलले बताए।