प्रवासीले चन्दा संकलन गरेर धर्मशाला बनाउदै

३ भाद्र २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


बैतडी – रोजगारीको लागी भारतका रहेका प्रवासी नेपालीले चन्दा संकलन गरेर बैतडीमा धर्मशाला निर्माण गर्दैछन्। प्रवासीले सिगास गाउँपालिका स्थित प्रसिद्ध सिगास धुरा धाममा धर्मशाला निर्माण गरिरहेका हुन् । सिगास धुरा धाममा १५ लाखको लगानीमा धर्मशाला निर्माण भईरहेको हो ।प्रवासी नेपाली सिगास मञ्चमा आवद्ध नागरिकले चन्दा संकलन गरेर धर्मशाला निर्माण भईरहेको धर्मशाला निर्माणका लागि समन्वय गरिरहेका स्थानीय सूर्य बोहराले जानकारी दिनुभयो ।

सिगास गाउँपालिका घर भई भारतका विभिन्न स्थानमा काम गरिरहेका नेपालीहरुले पैसा संकलन गरेर धर्मशाला निर्माणको काम अघि बढाएका हुन् ।
सिगास गाउँपालिका ४ का रघुबीर साउँदको नेतृत्वमा रहेको प्रवासी नेपाली सिगास विकास मञ्चले चारकोठाको धर्मशाला निर्माणका लागि पैसा संकलन गरेर पठाएको हो । पक्की धर्मशाला निर्माणमा १५ लाख खर्च हुने बताइएको छ ।सिगासधुरा दर्शनका लागि जाने भक्तजनहरुलाई सजिलो होस भन्ने हेतुले धर्मशाला निर्माण गरिएको हो । जिल्लाकै दुर्गममा पर्ने सिगास धुराको संरक्षण र प्रवद्र्धन गरी प्रचारप्रसार गर्नसके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने देखिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया