ढुक्क हुनुस्, युरोपका पनि उपचार गर्न नेपाल आउँछन् : स्वास्थ्यमन्त्री

३ भाद्र २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
49 Shares


काठमाडौं – उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले धेरै रोगको उपचारका लागि विदेश जानु नपर्ने बताएका छन् । प्रतिनिधिसभामा मंगलबार सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा उपप्रधानमन्त्री यादवले धेरै रोगको विश्वस्तरको उपचार नेपालमा सम्भव रहेको बताए । ‘नेपालका अस्पतालमा एसियामात्र होइन, युरोपका विरामी पनि आएका छन्’ विराटनगर, लाहान र नेपालगञ्जमा आँखाका विरामी ८० प्रतिशत भन्दा बढी बाहिरबाट आएका छन्’ उनले भने ।

क्यान्सरको उपचारमा पनि नेपालको उपचार राम्रो रहेको र धेरै विरामी विदेशबाट आउने गरेको उनको दाबी छ । ‘मिर्गौला प्रत्यारोपण, न्युरो सर्जरीको उपचार विश्वस्तरको छ, सफल उपचार भइरहेको छ’ उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले भने ‘हामीकहाँ सम्भव नभएको केही केस पनि छन् । त्यसको उपचार बाहिर गर्नुपर्छ ।’ उनले अघि भने, ‘हाम्रो प्रयास हाम्रै देशमा उपचार होस् भन्ने हो, तर विदेशमा उपचार रोक्ने कानुन छैन ।’ सरकारी डाक्टरलाई निजीमा जान रोक्दैछौं

उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले सरकारी अस्पताललाई निजी अस्पतालमा विरामी जाँच्ने रोक्ने गरी कानुनी व्यवस्था भएको बताए । ‘राष्ट्रिय स्वास्थ्य नीति २०७५ र १५ औं योजनामा रहेको एक चिकित्सक एक अस्पतालमा काम गर्ने अवधारणा सबै सरकारी अस्पतालमा क्रमशः लागू गरिनेछ’ उनले भने, ‘यो कार्यक्रम प्रभावकारी रुपमा लागू गर्न सेवाको पहुँच विस्तार गर्न सरकारी अस्पतालमा अतिरिक्त सुविधासहितको विस्तारित स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्नेछौं ।’ सरकारी अस्पतालका विशेषज्ञ चिकित्सकले निजी अस्पतालमा काम गर्ने स्थिति अन्त्य गर्नुपर्ने उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • कोरोनालार्ई परास्त गरि नवलपरासीका पहिलो कोरोना संक्रमित सहित ३ जना…
  • लकडाउन प्रभावित परिवारलाई राहत वितरण गर्दै अभियानता चौधरी
  • नेपाल शिक्षक संघद्धारा गलकोट नगरपालिकाको राहत कोषमा दश हजारको चेक…
  • दशगजामा सडक निर्माण कार्य अबिलम्ब रोक्न भारतलाई चेतावनी
  • समाजवादी र राजपाले दर्ता गराए संविधान संशोधन प्रस्ताव
  • माछा मार्ने कारवाहिमा
  • पश्चिम नवलपरासीको सरावलमा १ जनामा कोरोना संक्रमित, जिल्लामा संक्रमित ६…
  • प्रेस काउन्सिल नेपालद्वारा गरिएको मिडियाको विश्वसनीयतासम्बन्धी सर्भेक्षण प्रतिवेदन हस्तान्तरण
  • कोरोना अपडेट : रुपन्देही, पाल्पा, गुल्मी र नवलपरासीमा पनि थपिए
  • आज एकै दिन २२६ जनामा कोरोना संक्रमण पुष्टि