रवि लामिछानेलाई २० दिन हिरासतमा राख्न माग

३ भाद्र २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया

File

चितवन – चितवन प्रहरीले जिल्ला अदालत चितवनसँग न्यूज २४ का पत्रकारद्धय रवि लामिछाने र युवराज कँडेल, र नर्स अस्मिता कार्की तीनै जनालाई थप अनुसन्धानको लागि २० दिन हिरासतमा राख्न माग गरेको छ ।

सरकारी वकिल कार्यालयमार्फत प्रहरीले उनीहरुमाथि अनुसन्धान पूरा नभएको जनाउँदै यस्तो माग गरेको बुझिएको छ । शुक्रबार तीनै जनालाई अदालत पेश गरिएको थियो । शुक्रबार थुनछेकको बहसपछि अदालतले ५ दिन अनुसन्धानको लागि हिरासतमा राख्न अनुमति दिएको थियो । आज प्रहरीले २० दिन हिरासतमा राख्न माग गरेको छ । आज प्रहरीले मागेको समय प्रहरीले हिरासतमा राख्न पाउने अधिकतम समय हो ।

पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका पत्रकार लामिछानेसहित तीन जनालाई आज (मंगलबार) जिल्ला अदालत चितवनमा पेश गरिएको छ । जिल्ला प्रहरी कार्यालयमा रहेका उनीहरुलाई थप अनुसन्धानका लागि म्याद थप गर्ने गरी अदालत लगिएको चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए । चितवनको सुरक्षा व्यवस्था भने कडा पारिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • शैक्षिक क्षेत्रमा पारेको विकराल समस्याका सवालमा सरकार संचालकहरु चिन्तित नभएको…
  • भैरहवामा मनाइयो चीनको ७१ औं राष्ट्रिय दिवस
  • नेविसंघ द्धारा तिलोत्तमा नगरपालीकाको शिक्षा शाखा शिल
  • सांसद मल्ल द्धारा विर्घाका पहीरो पिडीतलाई आर्थिक सहयोग
  • रूपन्देहीको सियारीमा मेलमिलाप सम्बन्धी प्रशिक्षण
  • अब आफ्नै ठाँउमा केही गर्नुहोस् हामी साथ दिन्छौं नगर प्रबक्ता…
  • टिम नेपो नवलपरासीद्धारा बृक्षारोपण सम्पन्न
  • नयाँ नक्सासहितको पाठ्यपुस्तकको बिक्री खुला गर्न सरकारसँग नेविसंघको माग
  • जि पि के फाउण्डेशन अमेरिकाले निशुल्क दुग्धजन्य पदार्थहरू र फ्रोजन…
  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु