पत्रकार अधिकारीको श्रद्धाञ्जली दिन उनकै घरमा पुगे वरिष्ठ नेता पौडेल

३ भाद्र २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


सबलपोस्ट / बुटवल – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सप्तरीमा भएको सडक दुर्घटनामा निधन भएका पत्रकार डायलशन अधिकारीप्रति घरमै पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन् । नेता पौडेलले मंगलबार रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ स्थित अधिकारीको घरमा पुगेर श्रद्धाञ्जली व्यक्त गरेका हुन् । उनले शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

तिलोत्तमा नगरपालिकाले आगामी असोज ९ गते आयोजना गर्न लागेको लगानी सम्मेलनको प्रचार प्रसार गर्न पूर्वको विराटनगर र झापा जाँदै गरेको बा १६ च २२३५ नम्बरको जीप शनिवार विहान सप्तरीको कञ्चनरुप नगरपालिका– ११ बक्साह चोकमा दुर्घटना हुँदा पत्रकार अधिकारीको मृत्यु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया