काठमाडौं ईन्जिनियरिङ कलेजमा ईकाई कमिटी गठन

प्रकाशित मिति:

काठमाडौ । नेपाल विधार्थी संघ, के ई सी ईकाई कमिटी गठन गरिनुका साथै बधाई तथा शुभकामना कार्यक्रम गरिएको छ ।विगत ७ वर्ष देखि गुट उपगुटमा अल्झेर विवादित रहेको कमिटी अहिले आएर सर्वसम्मत निर्णय गरिएको छ। रबिन राज गौतमको अध्यक्षतामा नवगठित कमिटी पहिलो बर्ष देखी चौथो बर्ष सम्म समेटेर ६१ सदस्यीय रहेको छ । नवगठित ईकाईका साथिहरुलाई बधाई तथा शुभकामना कार्यक्रमको प्रमुख अतिथ्यता केईसीका पुर्व स्ववियु उपसभापति एंव नेविसंघ स्याड्जा काठमाडौं सम्पर्क समितिका सभपाती ई दीपेन्द्र क्षेत्रीले गर्नुभएको थियो ।

त्यस्तै विशिष्ट अतिथिको रुपमा सिडेनका केन्द्रिय कोषाध्यक्ष ईसंजय पाण्डे र केईसी नेविसंघ का पूर्व अध्यक्ष ई दिपक राज देवकोटाको उपस्थिती रहेको थियो भने यस कमिटिलाई सर्व-सम्मत निर्णय गराउनुमा महत्वपूर्ण भूमिका ने।वि।संघ केन्द्रीय नेता ई।अनिल बस्नेत, के। ई। सि स्व। वि। यु सचिव बिजय शेरचन थकाली लगायतले निर्वाह गर्नुभएको थियो । गुट,उपगुट,व्यक्तिगत स्वार्थ भन्दा माथी उठेर संगठनको लागी जसरी आज के।ई।सी एकताबद्द भयो त्यही एकता सिंगो नेपाली कांग्रेसमा आवश्यकता रहेको र ने।वि।संघ लगायत विभिन्न भातृ संगठनहरु गतिशिल, वैचारीक र उजागर बनाउन चाँडो भन्दा चाँडो बनाउनु पनि उत्तिकै महत्वपुर्ण रहेको र के।ई।सीको ईकाईले सकारात्मक र एकताको सन्देश दिएको भनेर प्रमुख अतिथी ई दीपेन्द्र क्षेत्रीले भन्नुभयो। विश्वास नै प्रेणाको स्रोत हो, विश्वासले नै विश्वास पैदा गर्छ , त्यही विश्वास लिएर आज के ई सी एक भएको छू नेता ।अनिल बस्नेतले बताउनुभयो।दाईहरुको साथ र सहयोग, विधार्थीबाट आएको यो एकताको दियोलाई कहिल्यै निम्न नदिने स्व।वि।यु सचिव विजय शेरचनले बताउनुभयो।

त्यस्तै सिडेनका कोषाध्यक्ष ई।संजय पाण्डे र के।ई।सी ने।वि।संघका पुर्व अध्यक्षले एकतालाई व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिए।के।ई।सीका पुर्व स्व।वि।यु सभापति एंव ने।वि।संघ निवर्तमान केन्द्रीय सदस्य ई।कुलराज खनाले आफु विशेष कारण अनुपस्थित भएपनि नवगठित ईकाई र सम्पुर्ण विधार्थीहरुलाई फोन मार्फत बधाई तथा शुभकामना व्यक्त गर्नुका साथै यो एेतिहासिक मिलन एकता निर्माण गर्न अभिभावकको र अत्यन्तै महत्वपुर्ण भूमिका निभाएकोमा प्रमुख अतिथि रहनुभएका ई।दिपेन्द्र क्षेत्रीलाई धन्यवाद प्रकट गर्नुभयो।नवगठित ईकाईका अध्यक्ष रविन राज गौतमले शैक्षिक क्रान्ति गर्ने र विधार्थीहरुको अधिकारको लागी लड्दै गर्दा यदि प्रशासन अवरोध हुन्छ भने जस्तो सुकै कदम ने।वि।संघले चाल्न सक्ने भनि चेतावनी दिनुभयो।ने।वि।संघका नेताहरु अभिषेक के।सी, सुरज चापागाँई, विजय भट्ट,विप्लव घिमिरे,सुशान्त पन्त,प्रियस ढकाल,प्रदिप भण्डारी,उज्जवल थापा,स्व।वि।यु उपसभापति सम्पन्न जोशी,स्व।वि।यु सदस्यहरु समिर पाण्डे,योगेश खड्का,प्रेरणा ओली,अग्रिम अधिकारी,उत्सव भण्डारी,निकेश भट्टराई लगायत विधार्थी नेतागणहरुको उपस्थित रहेको थियो।