सामाजिक उत्तरदायित्व वहन गर्दै गण्डकी विकास बैंक

३ भाद्र २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


गण्डकी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्र्दै पोखरा महानगरपालिका वडा नं. २५, याम्दी स्थित श्री बाल कल्यायण आधारभुत विद्यालयका कक्षा १ देखि ५ सम्मका करिब १५० जना साना बालबालिकाहरुलाई विद्यालय परिसरमा नै उपस्थित भै कापी किताब राख्ने झोला वितरण गर्ने कार्य सम्पन्न गरेको छ । बैंकका सञ्चालक श्री बासुदेव त्रिपाठी, प्रमुख कार्यकारी अधिकृत श्री रेशम बहादुर थापा, पोखरा म.न.पा. वडा नं.२५ का वडा सदस्य श्री जित बहादुर कार्की, दल बहादुर कुँवर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानध्यापक लगायतले संयुक्तरुपमा विद्यालयका बालवालिकाहरुलाई एक समारोहका विच झोला वितरण गर्नु भएको थियो ।

उक्त कार्यक्रमको अध्यक्षता बैंकका सञ्चालक श्री बासुदेव त्रिपाठीले गर्नु भएको थियो भने बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रेशम बहादुर थापाले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्ने सिलसिलामा समाजका विविधि क्षेत्रमा गरेको योगदानका बारेमा प्रकास पार्नु भएको थियो । उहाँले विद्यालयमा प्रत्यक्ष उपस्थित भइ अवोध बालबालिकाहरुलाई यसरी झोला वितरण गर्न पाउँदा आफुलाई खुशि लागेको कुरा व्यक्त गर्नु भयो । साथै सामाजिक क्षेत्रमा यस्तै आवश्यकताहरुको पहिचान गरी समाजका लागि केही न केही योगदान पु¥याउन बैंक सधै तयार रहेको पनि उहाँले बताउनु भयो । कार्यक्रममा पोखरा म.न.पा. वडा नं.२५ का वडा सदस्य श्री जित बहादुर कार्की, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फिरोज शाही तथा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर कार्कीले बैंकले आफ्नो विद्यालयमा अध्ययनरत आर्थिकरुपमा विपन्न साना साना बालवालिकाहरुलाई संस्थागत दायित्व वोध गर्दै झोला वितरण गरेकोमा बैंक तथा बैंक परिवारलाई धन्यवाद व्यक्त गर्दै आगामि दिनमा समेत बैंकले विद्यालयलाई अन्य विभिन्न प्रकारको सहयोग उपलब्ध गराउनेछ भनी आशा व्यक्त गर्नु भयो ।   उक्त कार्यत्रमको सञ्चालन बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तारानाथ लम्सालले गर्नु भएको थियो । कार्यक्रममा समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरुको साथै अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया