परियार एकता सस्था नवलपरासीको चौथो साधारण सभा एवं दोस्रो अबिधेशन सम्पन्न

प्रकाशित मिति:

नवलपरासी-परियार एकता सस्था बर्दघाट ४ पश्चिम नवलपरासीको चौथो साधारण सभा एवं दोस्रो अबिधेशन मंगलाबर बर्दघाटमा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष नारायण बहादुर दमाईको अध्यक्षता तथा दलित मुक्ती आन्दोलनका समाजिक अभियन्ता अशोक दर्नालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्ने वक्ताहरुले सबै जातजाति, भाषा, धर्म मान्नेहले आत्म सम्मानका साथ बाच्न पाउने अधिकार राज्यले सुनिष्चित गर्नुपर्ने र नेपालको सविंधानमा उल्लेख भए बमोजिम जातिय छुवाछुत र भेदभाव अन्त्य हुनुपर्ने बताएका छन ।

कायृक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै दर्नालले बिसौँ शताब्दी देखी नै सुरु भएको दलित मुक्ती आन्दोलन ८० बर्ष पार गर्दा सम्म पनि निष्कर्शमा नपुगेको भन्दै ब्राह्मणबादी सोच र चिन्तनले वर्णबादी ब्यवस्थाको कारणले गर्दा दलित दलित बीच पनि जातिय भेदभाव रहेको र सो को उन्मुक्तीका लागी आफैबाट सुरुवात गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै अध्यक्ष नारायण बहादुर दमाईले नवलपरासी जिल्लामा स्थायी बसोबास गरि विविध पेशामा कार्यरत दमाई समुदायका परिवारका घरधुरी सदस्यहरुलाई आबद्ध बनाई लोक उन्मुख कला, सस्कृती र परम्पराको जर्गेना गर्न, सामाजिक अन्यायका विरुद्ध आवाज उठाउन, र परियार समुदायको उत्थान गराउदै स्वदेशी रोजगारीको गरि राज्यमा दक्ष जनशक्ती उत्पादन गरि आर्थिक पाटोमा टेवा पुर्याउने उदेश्यले सस्था गठन गरिएको बताउनुभयो । सो अवसरमा चिसापानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष होम बहादुर गुरुंग, दलित समन्वय समिति बर्दघाटका पर्व नगर अध्यक्ष गोविन्द विक, बर्दघाट खानेपानी सस्थाका अध्यक्ष ईन्द्र राना, बर्दघाट बजार विकास समितिका अध्यक्ष शिव कोइराला, बर्दघाट वडा नम्बर १ का दलित महिला वडासदस्य लक्ष्मी सुनार, सुनवल वडा नम्बर ५ की दलित महिला वडासदस्य बिना नेपाली, सस्थाका सरक्षक कमल परियार, बर्दघाट वडा नम्बर १ का वडाध्यक्ष मोतीलाल सुनार लगाएतले कार्यक्रममा आ आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा परियार समाजका जेष्ठ नागरिक र सस्थाको विविध पक्षमा सहयोग गर्नुहुने संघ सस्थाका प्रतिनिधि लगाएत सास्कृतीक कार्यक्रममा सहभागि कलाकारहरुलाई सम्मान सहित मायाको चिनो समेत प्रदान गरिएको थियो । सस्थाका उपाध्यक्ष भोजराज रणपालको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सस्थाका सचिव चन्द्र बहादुर दमाईले गर्नुभएको थियो । सो अवसरमा मंगलबारै सम्पन्न सस्थाको दोस्रो अबिधेशनले आागमी ३ बर्षका लागी भोजराज रणपालको अध्यक्षतामा ११ सदस्यिय नया कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा सुमित्रा परियार, सचिव चन्द्र बहादुर दमाई, सहचिव प्रविन रणपाल, कोषाध्यक्षमा सन्तोष गौतम दमाई रहनुभएको छ भने सदस्यहरुमा शर्मिला परियार, खेम बहादुर परियार, सावित्रा परियार,राम बहादुर परियार, कृष्ण परियार र जमुना परियार रहनुभएको छ ।