मुस्ताङ्गमा आर्यनसँग रोमान्टिक बनिन् मिरुना

३ भाद्र २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


अभिनेता आर्यन सिग्देल र अभिनेत्री मिरुना मगरले पहिलो पटक स्क्रिन साझेदारी गरेको फिल्म ‘च च हुई’ आउँदो मंसिर ६ गतेबाट प्रदर्शनमा आउँदैछ । रोमकोम जनरामा निर्माण भएको फिल्मको मुस्ताङ्गको चुसाङ्गमा छायांकन गरिएको ‘सिल्की सिल्की बाल’ गीतको केही अचल तश्विरहरु निर्माण टिमले सार्वजनिक गरेको छ । प्राप्त तश्विरमा आर्यन र मिरुनालाई एकअर्काको अंगालोमा प्रेमिल मुद्रामा देख्न सकिन्छ ।

दुईको केमेस्ट्री गजबको देखिएको छ । झन्डै एक साता लगाएर छायांकन गरिएको गीतको कोरियोग्राफी शिशिर खातीले गरेका हुन् । निर्माण पक्ष यो गीतलाई केही दिनमै सार्वजनिक गर्ने तयारीमा छ । गीतमा राजनराज सिवाकोटी र मेलिना राईको स्वर रहेको छ । भने, राजनकै संगीत छ । गीतमा राजनसँगै अमृत घोले लामा र श्याम लामिछानेको शब्द रहेको छ । साम्तेन भुटिया निर्देशित यो फिल्मलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् । व्यवसायी घोले यही फिल्ममार्फत् निर्माणमा आएका हुन् । भोलाराज सापकोटा, पुस्कर गुरुङ, बबिता मल्ललगायतको पनि फिल्मको पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । फिल्मलाई सुशन प्रजापतिले खिचेका हुन् ।

निर्माता लामाले फिल्म राम्रो बनेको बताउँदै नेपालको सुन्दरतालाई पनि देखाउने कोशिश गरेको बताए । फिल्मका गीतमा राजनराज शिवाकोटी, सुरज शाही ठकुरी र रोशन थापाको संगीत छ । श्री श्रेष्ठको द्वन्द्व र शिशिर खातीको फिल्ममा कोरियोग्राफी छ । अभिनेता आर्यन आफूलाई फिल्ममा रोमान्टिक र कमेडी अन्दाजमा देख्न सकिने बताए । अभिनेत्री मिरुना फिल्मलाई लिएर आफू उत्साहित रहेको बताउँछिन् । फरक धारका फिल्ममा रमाइरहेका निर्देशक साम्तेनले यसपटक आफूले कमर्शियल फिल्म बनाउने प्रयत्न गरेको बताए । उनले भने, ‘फिल्म रोमान्टिक कमेडी हो । मैले निर्देशन गरेको पछिल्ला फिल्मको तुलनामा यो पूरै फरक छ । आर्यनलाई रोमान्टिक र कमेडी अवतारमा दर्शकले देख्नुहुनेछ ।’ फिल्ममा भोलाराज र आर्यन साथीको भूमिकामा छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • कालीगण्डकीमा नेकपामा पहीरो । युवाहरु सामुहीक रुपमा कांग्रेसमा प्रवेश
  • बरियारपट्टी गाउँपालिकाको सम्पुर्ण बिधालयहरु संचालनमा आए पछि : विद्यार्थीहरुमा खुशीयाली
  •  जोन ६३ को एडभाइजर कमिटीको प्रथम बैठक सम्पन्न
  • कञ्चन जेसिजको स्वास्थ्यका लागि खेलकुद प्रतियोगिता सम्पन्न
  • चाटर्स डेमा विभिन्न कार्यक्रम
  • करणी उद्योगको झुठ्ठा जाहेरी दिलाउने पक्राउ
  • ४ दिन पहिला परेको वर्षाले तरकारीका बोट नष्ट । जिल्लाका…
  • कपिलबस्तुको कृष्णनगर हुँदै भारततर्फ लाँदै गरेको साढे सात किलो लागूऔषध…
  • दोब्बर भाडा लिने सवारी प्रहरीे फन्दामा
  • विद्यालय खुलेसंगै स्वास्थ्य मापडण्डका वारेमा अनुगमन सुरु